१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल « Khabarhub

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

अन्तिम १० मिनेटमा तीन गोल, बोस्निया ४- १ गोल अन्तरले पराजित


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल वर्षाको मद्दतले स्विट्जरल्यान्डले विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’ को खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ को भारी अन्तरले पराजित गरेको छ । यो जितसँगै स्विट्जरल्यान्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

लस एन्जलस स्टेडियममा बिहीबार भएको खेलमा स्विट्जरल्यान्डलाई जिताउन मान्जाम्बीले दुई गोल गरे भने रुबेन भारगास र ग्रानिट जाकाले एक–एक गोल थपे । बोस्नियाका लागि एर्मिन माहमिचले सान्त्वना गोल फर्काए ।

खेलको ८० औँ मिनेटमा बोस्नियाका डिफेन्डर तारिक मुहरेमोभिचले स्विट्जरल्यान्डका ब्रेल एम्बोलोलाई लडाएपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । १० खेलाडीमा सिमित भएपछि बोस्नियाको रक्षापङ्क्ति पूर्ण रूपमा ध्वस्त भएको थियो र स्विट्जरल्यान्डले अन्तिम १० मिनेटमा तीन गोल थप्यो ।

यसअघि कतारसँग १–१ को अप्रत्याशित बराबरी खेलेको स्विट्जरल्यान्डले यो जितसँगै २ खेलबाट ४ अङ्क जोड्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ । पराजित बोस्निया भने १ अङ्कमा सिमित छ ।

खेलको लामो समयसम्म बोस्नियाले स्विट्जरल्यान्डलाई रोकेर राखे पनि ७१ औँ मिनेटमा मैदान प्रवेश गरेका मान्जाम्बीले खेलको पासा पल्टाए । उनले मैदान छिरेको केही मिनेटमै उत्कृष्ट भलीमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।

त्यसपछि बोस्निया १० खेलाडीमा सिमित भएको फाइदा उठाउँदै खेलको ८६ औँ मिनेटमा भारगासले गोल गरे । ९० औँ मिनेटमा भारगासकै पासमा मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पुर्‍याए । इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा बोस्नियाका माहमिचले एक गोल फर्काए पनि खेलको ९७ औँ मिनेटमा स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाकाले पेनाल्टीमार्फत गोल गर्दै ४–१ को जित सुनिश्चित गरे ।

समूह ‘बी’ को अर्को खेलमा अब कतार र क्यानडा भिड्नेछन् । स्विट्जरल्यान्डले भने आफ्नो अन्तिम खेलमा कतारको सामना गर्नेछ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ५९ बजे

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै