विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित « Khabarhub

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

९ खेलाडीमा समेटियो कतारको लज्जास्पद हार


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक जित दर्ता गरेको छ । बिहीबार राति भएको समूह ‘बी’ को एकपक्षीय खेलमा क्यानडाले कतारलाई ६–० को भारी अन्तरले पराजित गरेको हो ।

विश्वकपको इतिहासमा क्यानडाको यो पहिलो जित हो । यो सानदार जितसँगै क्यानडाले २ खेलबाट ४ अङ्क जोड्दै नकआउट चरण मा पुग्ने सम्भावना बलियो बनाएको छ । पराजित कतार भने खेलको अन्तिममा ९ खेलाडीमा समेटिन पुगेको थियो ।

खेलमा क्यानडाले सुरुदेखि नै कतारमाथि पूर्ण दबाब बनाएको थियो । क्यानडाका लागि स्टार फरवार्ड डेभिडले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे । घरेलु दर्शकमाझ आक्रामक खेल पस्किएको क्यानडाले कतारी रक्षापङ्क्तिलाई कुनै अवसर दिएन ।

तनावपूर्ण बनेको खेलको दोस्रो हाफमा कतारका दुई खेलाडीले रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो । खेलकै क्रममा क्यानडाका मुख्य खेलाडी इस्माएल कोने गम्भीर घाइते भएपछि दुवै टोलीका खेलाडी र स्टाफबीच केही समय विवाद र तनावको स्थिति सिर्जना भएको थियो ।

यो ऐतिहासिक जितपछि क्यानडाका प्रशिक्षक जेसी मार्स निकै उत्साहित देखिएका थिए । घरेलु समर्थकले स्टेडियममा जितको भव्य उत्सव मनाएका छन् ।

समूह ‘बी’ मा अब क्यानडाले आफ्नो अन्तिम खेलमा स्विट्जरल्यान्डको सामना गर्नेछ । उक्त खेलमा पराजित भए पनि उत्कृष्ट गोल अन्तरका कारण क्यानडाको अघिल्लो चरणको यात्रा लगभग सुरक्षित देखिएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ६ : २३ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका