अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने « Khabarhub

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी संरक्षणका लागि म्यानपावर कम्पनीहरूलाई आफ्ना श्रमिकहरूको अवस्थाबारे नियमित अनुगमन गर्न निर्देशन दिएको छ।

विभागले बिहीबार सूचना जारी गर्दै वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकले रोजगार सम्झौताअनुसार तलब तथा सेवा–सुविधा नपाएको, सुरक्षित तथा उपयुक्त आवासको व्यवस्था नभएको, सम्झौताविपरीत काम गर्न बाध्य भएको लगायतका गुनासा बढ्दै गएको सन्दर्भमा यस्तो व्यवस्था लागू गरिएको जनाएको हो।

सूचनाअनुसार इजाजतपत्र प्राप्त संस्थाले आफूले विदेश पठाएका प्रत्येक व्यक्ति तथा श्रमिक समूह (लट नम्बर) को अवस्थाबारे नियमित अनुगमन गर्नुपर्नेछ। साथै प्रत्येक महिना हरेक समूहबाट कम्तीमा ५ देखि १० जना श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी तलब, सेवा–सुविधा, आवास, कार्य वातावरण तथा अन्य रोजगारका सर्तहरूको कार्यान्वयन अवस्थाबारे जानकारी संकलन गर्नुपर्नेछ।

यदि रोजगार सम्झौताविपरीत अवस्था फेला परेमा सम्बन्धित म्यानपावर कम्पनीले रोजगारदाता कम्पनीसँग तत्काल समन्वय गरी समस्या समाधान गर्नुपर्ने विभागको निर्देशन छ। संकलित विवरण प्रत्येक तीन महिनामा विभागको संस्था अनुगमन शाखामा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी विदेश जानुअघि श्रमिकलाई रोजगार सम्झौता, सम्बन्धित मुलुकको कानुन, श्रमिकका अधिकार, सेवा–सुविधा तथा गुनासो दर्ता गर्ने प्रक्रियाबारे स्पष्ट जानकारी गराउन पनि विभागले निर्देशन दिएको छ।

विदेशमा रहेका श्रमिकले कुनै समस्या वा सम्झौताविपरीत अवस्था भोगेमा म्यानपावर कम्पनीले तत्काल सुनुवाइ गरी समाधान प्रक्रिया अघि बढाउनुपर्ने र आवश्यक परे सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ७ : ३३ बजे

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का