मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह « Khabarhub

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

जर्ज मेसी चिकित्सकको निगरानीमा


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन्। खेलकुद पत्रकार फाब्रिजियो रोमानोले सामाजिक सञ्जालमार्फत मेसी परिवारको आधिकारिक वक्तव्य सार्वजनिक गर्दै जर्ज हाल चिकित्सकको निगरानीमा रहेको पुष्टि गरेका हुन्।

मेसी परिवारका अनुसार जर्जको स्वास्थ्य स्थिति अहिले सामान्य र सकारात्मक रूपमा सुधारोन्मुख छ। उनको स्वास्थ्यलाई लिएर सञ्चार माध्यम र सामाजिक सञ्जालमा विभिन्न अफवाह तथा अड्कलबाजी सार्वजनिक भएपछि परिवारले गम्भीर चिन्ता व्यक्त गर्दै स्पष्टीकरण दिएको हो।

“पछिल्ला केही घण्टामा बाहिर आएका हल्ला र अड्कलबाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। एउटा नितान्त व्यक्तिगत र पारिवारिक विषयमा केही व्यक्तिले देखाएको असंवेदनशीलता र सम्मानको कमीप्रति हामी दुःखी छौँ,” वक्तव्यमा भनिएको छ।

परिवारले जर्जको वास्तविक स्वास्थ्य अवस्थाबारे उनको नजिकको परिवारलाई मात्रै सही जानकारी भएको स्पष्ट पारेको छ। त्यसैले परिवार वा आधिकारिक माध्यमबाहेक अन्यत्रबाट आउने कुनै पनि सूचनालाई आधिकारिक र सत्य नमानीदिन पनि आग्रह गरिएको छ।

वक्तव्यमा अगाडि भनिएको छ, “यस्तो संवेदनशील समयमा हामी सबैबाट जिम्मेवारी, संयमता र मानवीयताको अपेक्षा गर्दछौँ। कसैको स्वास्थ्य र परिवारको मानसिक शान्तिलाई सञ्चार माध्यममा अफवाहको विषय बनाइनु हुँदैन।”

मेसी परिवारले जर्जको स्वास्थ्यप्रति चासो र सद्भाव देखाउने सबैलाई धन्यवाद दिँदै यस उपचार प्रक्रियाका दौरान जर्ज र सिङ्गो परिवारको गोपनीयता एवं व्यक्तिगत समयको सम्मान गरिदिन अपिल गरेको छ। जर्जको स्वास्थ्य अवस्थाबारे कुनै नयाँ जानकारी आएमा परिवारले उपयुक्त समयमा आधिकारिक च्यानलमार्फत जानकारी गराउने बताइएको छ।

पत्रकार रोमानोले मेसीका बुबा जर्जको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै लेखेका छन्, “स्टे स्ट्रङ जर्ज, हामी सबै तिम्रो साथमा छौँ।”

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ७ : ४१ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता