सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप « Khabarhub

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ । चालु आर्थिक वर्षको हालसम्म घरपालुवा पशुचौपायालाई खोरेतको समस्या आउन नदिन खोप लगाइएको हो ।

पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार जिल्लामा एक लाख गाईभैँसी पालिएका छन् । कतिपय किसानले आफैँले खोरेतविरुद्धको खोप लगाउने गरेका बताउँदै कार्यालयले पालिकामा रहेका पशुसेवा कार्यालयमार्फत पनि खोप लगाएको उनले उल्लेख गरे।

.भाइरसका कारण यो रोग सर्ने गर्दछ । यस रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भवती भए गर्भ तुहिने, दूध उत्पादन घटाउने, खुट्टामा घाउ हुने, दाना पानी नखानेजस्ता लक्षण देखिन्छ । यो रोग बढी सङ्ख्यामा गाईभैँसी र बङ्गुरमा देखिने भएकाले किसानले पनि सर्तकता अपनाउनु पर्दछ., पशु सेवा कार्यालयका प्रमुख डा. न्यौपानेले भने। 

जिल्लाका पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाएपछि सुरक्षित हुने भए पनि बाहिरबाट खरिद गरेर ल्याइएका पशुमा यो रोग देखिने गरेको उनले बताए । बाहिरबाट खरिद गरेर ल्याइएका पशुलाई २१ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र आफ्नो बथानमा मिसाउन उनले आग्रह गरे। 
    
डा. न्यौपानेले भने, ‘सङ्क्रमण देखिएका पशुलाई छुट्टै राखेर उपचार गर्नुपर्छ ।’

जंगली जनवारबाट पनि सर्नसक्ने भएकाले चरनका लागि लैजाने गाईभैँसीमा बढी यसको सङ्क्रमण देखिने उनले बताए। हरेक फार्ममा जैविक सुरक्षाको विधि अपनाएर वर्षमा दुई पटक खोरेतविरुद्धको खोप लगाउन कार्यालयले पशुपालन गर्ने किसानलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ९ : ४६ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ