ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन « Khabarhub

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ५५६ चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु २२ लाख ३९ हजार राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा परेकामध्ये १०६ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने, १५४ जना नियमविपरीत राइड सेयरिङ गर्ने, १०७ जना ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने तथा १८३ जना तीव्र गतिमा सवारी चलाउने चालक रहेका छन्।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने ९७, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारी पार्किङ गर्ने ९८ तथा यान्त्रिक अवस्था ठीक नभएका सवारी सञ्चालन गर्ने ३० जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

यसबाहेक अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ६७२ जनासहित कुल दुई हजार ५५६ चालकलाई कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन तथा सवारी अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १० : ३२ बजे

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु