कञ्चनपुरको पुनर्वास ३३-११ केभी सबस्टेशन सञ्चालनमा « Khabarhub

कञ्चनपुरको पुनर्वास ३३-११ केभी सबस्टेशन सञ्चालनमा


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा ३३-११ केभी, ६-८ एमभिए क्षमताको पुनर्वास सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । सबस्टेशन सञ्चालनमा आएपछि करिब १८ हजार ग्राहक  प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार उक्त सबस्टेशन निर्माणका लागि यसअघि ठेक्का सम्झौता गरिएको भए पनि सम्बन्धित निर्माण व्यवसायीले सिभिल कार्यबाहेक आवश्यक इलेक्ट्रोमेकानिकल कार्य सम्पन्न नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो ।

यस क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज तथा विद्युत् आपूर्तिसम्बन्धी समस्याका कारण स्थानीय उपभोक्ताबाट व्यापक गुनासो आएपछि तत्काल वैकल्पिक व्यवस्था गरी सबस्टेशन निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिइएको पनि श्रेष्ठले बताए। 

सोही निर्देशनअनुसार बेलौरी वितरण केन्द्रले नेपाल विद्युत प्राधिकरणको विभिन्न कार्यालयमा रहेका ६-८ एमभिए क्षमताको ट्रान्सफर्मरसहित आवश्यक उपकरणको उपयोग गरी बाँकी निर्माण तथा जडान कार्य द्रुत गतिमा सम्पन्न गर्दै सबस्टेशन सञ्चालनमा ल्याएको हो ।

‘बेलौरी वितरण केन्द्रको नियन्त्रणमा रहने उक्त सबस्टेशन सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकलाई भरपर्दो विद्युत् आपूर्ति गर्न सहज हुनेछ’, श्रेष्ठको भनाइ छ ।

यस कार्य नेपाल विद्युत् प्राधिकरण, सुदूरपश्चिम प्रादेशिक कार्यालयको अग्रसरतामा सम्पन्न भएको हो । अब बेलौरी वितरण केन्द्रअन्तर्गतका करिब १८ हजार ग्राहक सबस्टेशनबाट प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

‘यसबाट विद्युत् आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार आउनुका साथै भविष्यको बढ्दो विद्युत माग व्यवस्थापन गर्न पनि सहज हुनेछ’, श्रेष्ठले भने।

प्राधिकरणले सबस्टेशन सञ्चालनमा आएसँगै पुनर्वास क्षेत्रको विद्युत् आपूर्ति प्रणाली थप स्थिर, भरपर्दो र गुणस्तरीय बन्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १० : ५३ बजे

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु