‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत « Khabarhub

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्ताव गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतले स्वीकृत गरेको हो ।

उक्त प्रस्तावमाथिको  सामान्य छलफलमा सांसदहरुले उठाएका विषयलाई स्पष्ट पार्दै अर्थमन्त्री डा वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने आस्वस्त पारे ।

उनले भने, ‘राज्यका सबै कर एउटै सञ्चित कोषमा जम्मा हुने भएकाले अलग–अलग आयोजना र कार्यक्रमका लागि छुट्टाछुट्टै कोष बनाउनु पर्दैन ।’

वार्षिक रु १० लाख आम्दानी भएका व्यक्तिलाई आयकर छुट दिइएको उल्लेख गर्दै उनले सोचविचार गरेर दूरगामी अर्थतन्त्र बनाउने उद्देश्यले करका दर निर्धारण गरिएको बताए ।

अर्थमन्त्री डा वाग्लेले आफूहरू सामाजिक न्यायसहितको उदार अर्थतन्त्रका हिमायती भएको उल्लेख गर्दै यो बजेट सक्नेले नसक्नेलाई दिने सिद्धान्तमा आधारित भएको उल्लेख गरे ।

‘क्षणिक रुपमा अप्रिय ठानिने तर दीर्घकालीन रुपमा मुलुक र जनतालाई लाभ हुने विषय बजेटमा राख्न वर्तमान सरकारले हिम्मत गरेको छ’ उनले भने । 

अर्थमन्त्री डा वाग्लेले विद्युत् क्षेत्रलाई बजारीकरण र आधुनिकिरण हुने गरी आवश्यक व्यवस्था गरिएको बताए । सुशासनका लागि सरकार निर्मम तरिकाले अघि बढेको उनको भनाइ थियो । 

अर्थतन्त्रलाई जति औपचारिक बनायो अर्थतन्त्रको सुधार त्यति छिटो हुने उनको धारणा थियो । गरिब र अल्पसङ्ख्यकका नाममा यस अघिका सरकारले ल्याएका लोककल्याणकारी कार्यक्रममा कुनै बजेट कटौती नभएको उनले स्पष्ट पारे ।

उक्त प्रस्तावमाथि सांसदहरू खुश्बु ओली, गणेश पराजुली, पुष्पराज कँडेल, गणेशबहादुर विश्वकर्मा, हर्कराज राई, गङ्गालक्ष्मी अवाल, इन्दिरा रानामगर, कृष्णहरि बुढाथोकी, गुरुप्रसाद बरालले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिई आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १ : २७ बजे

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई