राष्ट्रिय चलचित्र पुरस्कार : सधैँ विवादमा पर्ने प्रोत्साहन पुरस्कार यसपालि नायिका आनालाई « Khabarhub

राष्ट्रिय चलचित्र पुरस्कार : सधैँ विवादमा पर्ने प्रोत्साहन पुरस्कार यसपालि नायिका आनालाई


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले हरेक वर्ष आयोजना गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को यस संस्करणमा पनि ‘जुरी प्रोत्साहन’ विधालाई निरन्तरता दिइएको छ ।

यो विधामा दिइने अवार्ड सधैँ विवादमा पर्दै आएको छ । यसपालि प्रोत्साहन अवार्ड निर्माताले एकल लिडमा विश्वास गरिसकेकी नायिका आना शर्मालाई दिइएको छ । अर्थात्, अवार्डको विधा प्रोत्सहान छ, तर एक्पोजर पाइसकेकी नायिकालाई अवार्ड दिइएको छ ।

आनाको डेब्यू फिल्म १० वर्षअगाडि प्रदर्शनमा आएको थियो । उनले आधा दर्जन फिल्ममा शीर्ष नायिकामा रुपमा अभिनय गरिसकेकी छन् । तर, उनैलाई प्रोत्साहन अवार्ड दिएको छ । अझ उनी प्राइममा रहेका महँगा हिरो अनमोल केसीको फिल्मबाट डेब्यू गर्न पाएकी नायिका हुन् ।

गत वर्षका उनी एकल शीर्ष भूमिकामा रहेको फिल्म ‘रमिताको पिरती’ प्रदर्शनमा आएको थियो । यही फिल्मबाट उनलाई अवार्ड दिइएको हो ।

विगतका वर्षमा पनि यो विधाको अवार्ड वितरणबारे प्रश्न उठ्ने र आलोचना हुँदै आएको थियो । गत वर्ष नायक प्रदीप खड्काले र ०८० मा नायिका स्वस्तिमा खड्काले यो विधाको अवार्ड पाएका थिए ।

अवार्डको शीर्षक प्रोत्साहन भए पनि स्थापित व्यक्तित्वहरूलाई प्रदान गरिदा विवाद उत्पन्न हुने गरेको हो । यो वर्ष पनि त्यही भएको छ । स्टारहरूलाई खुसी पार्न यो विदाको अवार्डको दुरुपयोग भएको कुरा उठ्दै आएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ३ : १३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र