रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने « Khabarhub

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन शुभकामना दिन जाने भएका छन् । 

हुनु पार्टीको पहिलो महाधिवेशनमा ७ गते चितवन जान लागेको जानकारी दिन्छन् । मुख्य दलहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले निमन्त्रणा गरेर पहिलो महाधिवेशन गर्दैछ । 

पार्टीको पहिलो महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा अहिलेसम्म जाने नजाने निर्णयमा पुगेका छैनन् । स्रोतले दिएका जानकारी अनुसार उनले उपसभापति विश्वप्रकाश शर्मा या महामन्त्री प्रदीप पौडेललाई पठाउन सक्ने बताइन्छ । 

केपी ओली भने महाधिवेशनमा नजाने निर्णयमा पुगेको उनको सचिवालयले जनाएको छ। केपी ओली महाधिवेशनमा उपस्थित नहुँदा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पनि उपस्थित हुने नहुने जानकारी पुगेको छैन । स्रोतले दिएको जानकारी अनुसार उनी उपस्थित नभएको खण्डमा सहसंयोजक माधव नेपाल पुग्नेछन् । 

पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूभाग मिचिएको छ भन्ने शब्द नसच्याएसम्म आफू महाधिवेशनमा नजाने निर्णय श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरिसकेका छन् । यसकारण उनी पनि महाधिवेशनमा नजाने देखिन्छ । 

अरु दलहरूलाई पनि निमन्त्रणा गरिएको छ । अन्य साना दलहरूबाट पनि नेताहरू महाधिवेशनमा जाने स्थिति छ ।
 

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  २ : ४६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर