रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने « Khabarhub

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन शुभकामना दिन जाने भएका छन् । 

हुनु पार्टीको पहिलो महाधिवेशनमा ७ गते चितवन जान लागेको जानकारी दिन्छन् । मुख्य दलहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले निमन्त्रणा गरेर पहिलो महाधिवेशन गर्दैछ । 

पार्टीको पहिलो महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा अहिलेसम्म जाने नजाने निर्णयमा पुगेका छैनन् । स्रोतले दिएका जानकारी अनुसार उनले उपसभापति विश्वप्रकाश शर्मा या महामन्त्री प्रदीप पौडेललाई पठाउन सक्ने बताइन्छ । 

केपी ओली भने महाधिवेशनमा नजाने निर्णयमा पुगेको उनको सचिवालयले जनाएको छ। केपी ओली महाधिवेशनमा उपस्थित नहुँदा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पनि उपस्थित हुने नहुने जानकारी पुगेको छैन । स्रोतले दिएको जानकारी अनुसार उनी उपस्थित नभएको खण्डमा सहसंयोजक माधव नेपाल पुग्नेछन् । 

पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूभाग मिचिएको छ भन्ने शब्द नसच्याएसम्म आफू महाधिवेशनमा नजाने निर्णय श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरिसकेका छन् । यसकारण उनी पनि महाधिवेशनमा नजाने देखिन्छ । 

अरु दलहरूलाई पनि निमन्त्रणा गरिएको छ । अन्य साना दलहरूबाट पनि नेताहरू महाधिवेशनमा जाने स्थिति छ ।
 

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  २ : ४६ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना