आफ्नै नेताले पार्टीका एजेन्डा तुहाए : अध्यक्ष लिङ्देन « Khabarhub

आफ्नै नेताले पार्टीका एजेन्डा तुहाए : अध्यक्ष लिङ्देन


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेन्डाहरूलाई पार्टीभित्रकै केही नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन् । 

शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन दिनहरूमा पनि राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा दृढतापूर्वक उभिँदा पार्टीभित्रकै केही नेताहरूले त्यसलाई तुहाउने काम गरेको आरोप लगाएका हुन्  ।

उनले आफ्नो सिद्धान्तबाट पार्टी विचलित नहुने भन्दै दुबिधामा बस्न जरुरी नभएको बताए । राप्रपाको इतिहास र पुराना नेतृत्व गौरव पार्टीका लागि गौरव भए पनि विगतको नेतृत्वका छोड्नुपर्ने थुप्रै कुराहरू रहेको उनको भनाइ छ ।

उनले संगठन सञ्चालनका लागि पुराना कुराहरूको अनुकरण गरे पार्टी फुट्ने र जोडिने श्रृंखला चलिराख्ने तर्क गरे । व्यक्तिगत टक्कर र अहंमको जाँतोमा राप्रपालाई पारेका कारण नै पार्टी र मुलुकमा संकट पैदा भएको उनले बताए । 

उनले आगामी मङ्सिर २६, २७ र २८ गतेका लागि महाधिवेशन प्रस्ताव गरिएको भन्दै महाधिवेशनले देशलाई नयाँ सन्देश दिने धारणा राखे । 

बैठकमा राप्रपाको केन्द्रीय निर्वाचन समितिका संयोजक तोरण बहादुर गुरुङले निर्वाचन निर्देशिका, सक्रिय सदस्यता सम्बन्धी निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली प्रस्तुत गरेका छन् भने राप्रपा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले पार्टीको सचिवालय सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् । 

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ३ : १० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी