एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री  « Khabarhub

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२ को नजिता समयमा नै सार्वजनिक गर्न सक्नु सुशासनको एउटा एकदमै महत्त्वपूर्ण कदम भएको बताएका छन् । 

शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पोखरेलले तीन महिनाभन्दा बढी समय लाग्ने गरेकोमा यस पटक चालिस दिनभित्रै नजिता सार्वजनिक हुनु सुशासनको एउटा एकदमै महत्त्वपूर्ण कदम भएको बताएका हुन् । 

विश्वविद्यालयमा पनि छिटो छरितो काम गर्ने गरी कार्ययोजना बनिसकेको उनले बताए । मन्त्री पोखरेलले कक्षा १२ को परीक्षामा सोचेजस्तो नजिता नआएका विद्यार्थीहरूलाई पूरक परीक्षाको तयारी गर्न सुझाव दिए ।

कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले वैशाख र जेठ महिनामा मन्त्रिपरिषद्बाट भएका निर्णयहरू सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ३ : ४१ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर