चालु वर्षको २ महिनाका विपद्‍मा परी १ सय ५ जनाको मृत्यु, ६ सय बढी घाइते  « Khabarhub

चालु वर्षको २ महिनाका विपद्‍मा परी १ सय ५ जनाको मृत्यु, ६ सय बढी घाइते 


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि असार ५ गतेसम्म देशभर भएका विभिन्न विपद्जन्य घटनामा परी १ सय ५ जनाको मृत्यु भएको छ भने ६०५ जना घाइते भएका छन् । यस अवधिमा ३ हजार १२ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै ७ सय ३६ वटा आगलागीका घटना भएका छन् । 

आगलागीमा १६ जनाको मृत्यु, ८९ जना घाइते तथा ६७३ परिवार प्रभावित भएका छन् । त्यस्तै चट्याङ दोस्रो ठूलो विपद्का रूपमा देखिएको छ । ४५२ वटा चट्याङका घटनामा १३ जनाको मृत्यु, ६५ जना घाइते तथा १ हजार ३४२ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार उक्त अवधिमा जंगल जनावरको आक्रमणका १ सय १५ घटनामा १० जनाको मृत्यु र ६६ जना घाइते भएका छन् । यस्तै सर्पदंशका २ सय ६९ घटनामा १४ जनाको मृत्यु र २५५ जना घाइते भएका छन् ।

यस अवधिमा बाढीका ६६ घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएका छन् भने पहिरोका १२७ घटनामा ४ जनाको मृत्यु तथा ४ जना घाइते भएका छन् । हावाहुरीका ४५२ घटनामा १३ जनाको मृत्यु र ६५ जना घाइते भएको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी लेक लाग्ने सम्बन्धी ५३ घटनामा २१ जनाको मृत्यु भएको छ, जुन एकल विपद्का रूपमा सबैभन्दा बढी मृत्यु संख्या हो । भारी वर्षाका ४८ घटनामा ३ जनाको मृत्यु र १ जना घाइते भएका छन् । 

डुंगा पल्टिँदा १ जनाको मृत्यु भएको छ भने वन डढेलोका १७९ घटनामा १ जनाको मृत्यु र २ जना घाइते भएका छन् । हिउँ पहिरोका २ घटनामा १ जनाको मृत्यु भएको छ ।  

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ र सर्पदंशका घटना थप बढ्न सक्ने भएकाले सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ३ : २३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर