चालु वर्षको २ महिनाका विपद्‍मा परी १ सय ५ जनाको मृत्यु, ६ सय बढी घाइते  « Khabarhub

चालु वर्षको २ महिनाका विपद्‍मा परी १ सय ५ जनाको मृत्यु, ६ सय बढी घाइते 


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि असार ५ गतेसम्म देशभर भएका विभिन्न विपद्जन्य घटनामा परी १ सय ५ जनाको मृत्यु भएको छ भने ६०५ जना घाइते भएका छन् । यस अवधिमा ३ हजार १२ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै ७ सय ३६ वटा आगलागीका घटना भएका छन् । 

आगलागीमा १६ जनाको मृत्यु, ८९ जना घाइते तथा ६७३ परिवार प्रभावित भएका छन् । त्यस्तै चट्याङ दोस्रो ठूलो विपद्का रूपमा देखिएको छ । ४५२ वटा चट्याङका घटनामा १३ जनाको मृत्यु, ६५ जना घाइते तथा १ हजार ३४२ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार उक्त अवधिमा जंगल जनावरको आक्रमणका १ सय १५ घटनामा १० जनाको मृत्यु र ६६ जना घाइते भएका छन् । यस्तै सर्पदंशका २ सय ६९ घटनामा १४ जनाको मृत्यु र २५५ जना घाइते भएका छन् ।

यस अवधिमा बाढीका ६६ घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएका छन् भने पहिरोका १२७ घटनामा ४ जनाको मृत्यु तथा ४ जना घाइते भएका छन् । हावाहुरीका ४५२ घटनामा १३ जनाको मृत्यु र ६५ जना घाइते भएको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी लेक लाग्ने सम्बन्धी ५३ घटनामा २१ जनाको मृत्यु भएको छ, जुन एकल विपद्का रूपमा सबैभन्दा बढी मृत्यु संख्या हो । भारी वर्षाका ४८ घटनामा ३ जनाको मृत्यु र १ जना घाइते भएका छन् । 

डुंगा पल्टिँदा १ जनाको मृत्यु भएको छ भने वन डढेलोका १७९ घटनामा १ जनाको मृत्यु र २ जना घाइते भएका छन् । हिउँ पहिरोका २ घटनामा १ जनाको मृत्यु भएको छ ।  

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ र सर्पदंशका घटना थप बढ्न सक्ने भएकाले सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ३ : २३ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि