ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु « Khabarhub

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे१त ७४०४ नम्बरको ट्याक्टर एकापसमा ठोक्किँदा उक्त मानवीय क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली, उनकी आमा ४५ वर्षीया नुरेश सादेवी र समिरकी पाँच वर्षीया छोरी हाजिरा खातुन घाइते भएका थिए । 

उनीहरूलाई उपचारका लागि कनकाई अस्पताल सुरुङ्गा लगिएकामा चिकित्सकले समिर अली र हाजिरा खातुनलाई मृत घोषणा गरेको सूचना अधिकारी अवाले बताए ।

गम्भीर घाइते नुरेश सादेवीलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ । ट्याक्टर चालक कनकाई नगरपालिका–५ का ४६ वर्षीय चक्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ४० बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि