मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा बाबुछोरीको मृत्यु, आमा गम्भीर घाइते « Khabarhub

मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा बाबुछोरीको मृत्यु, आमा गम्भीर घाइते


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन्।

कनकाई नगरपालिका–५ स्थित तुलसीवारीमा शुक्रबार दिउँसो सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकललाई खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका– ३ बस्ने २० वर्षीय समिर अली र मोटरसाइकलमा सवार उनकी ५ वर्षीया छोरी हाजिरा खातुनको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनालगत्तै उनीहरूलाई उपचारका लागि कन्काई अस्पताल सुरुङ्गा पुर्‍याइएको थियो । तर चिकित्सकले दुवैलाई जाँच गर्नासाथ मृत घोषणा गरे ।

उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार समिरकी आमा ४५ वर्षीया नुरेश सादेवी गम्भीर छिन्।

उनलाई कन्काई अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ६ : ०८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर