जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब « Khabarhub

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका खेलमा जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि आमनेसामने हुँदैछन्।

यो खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे टोरन्टोस्थित बिएमओ फिल्डमा हुनेछ। जर्मनी युरोप र आइभरी कोस्ट अफ्रिकाका बलिया टोली हुन् । दुवै टोलीले आफ्नो विश्वकप अभियान जितबाट सुरु गरेका छन्।

जर्मनीले पहिलो खेलमा कुराकाओलाई ७–१ ले पराजित गर्दै प्रतियोगिताकै सबैभन्दा प्रभावशाली प्रदर्शन गरेको थियो। ज

र्मनीका लागि फिलिक्स एनमेचा, निको श्लोटरबेक, जमाल मुसियाला, नाथानियल ब्राउन, डेनिज उन्डाभ र काय हाभर्ट्जले गोल गरेका थिए।

उक्त जितसँगै जर्मनीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने टोलीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएको छ। जर्मनीको विश्वकप गोल संख्या २३९ पुगेको छ, जुन ब्राजिलभन्दा एक गोल बढी हो।

यता, आइभरी कोस्टले इक्वेडरलाई १–० ले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो। निर्धारित समयको अन्तिम मिनेटमा वैकल्पिक खेलाडी अमाद डियालोले निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए।

लगातार चार खेलमा जित निकालिरहेको आइभरी कोस्ट आत्मविश्वासका साथ मैदान उत्रिनेछ। विश्वकपअघि फ्रान्समाथिको मैत्रीपूर्ण जितले पनि टोलीको मनोबल उच्च बनाएको छ। यद्यपि विश्वकपमा युरोपेली टोलीविरुद्ध आइभरी कोस्टको इतिहास भने कमजोर छ।

त्यसैगरी आइतबार बिहान ५ः४५ बजे हुने अर्को खेलमा इक्वेडरले प्रतियोगितामा पहिलोपटक सहभागी भएको कुराकाओसँग प्रतिस्पर्धा गर्नेछ। नकआउट चरण पुग्ने सम्भावना कायम राख्न इक्वेडरलाई जित अनिवार्य छ।

पहिलो खेलमा आइभरी कोस्टसँग पराजित हुँदै इक्वेडरको १९ खेल लामो अपराजित यात्रा समाप्त भएको थियो। यद्यपि टोलीले खेलमा पर्याप्त अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन।

कुराकाओले जर्मनीसँग ७–१ को फराकिलो हार बेहोरे पनि डेब्यु विश्वकप खेलमा केही सकारात्मक संकेत देखाएको थियो। लिभानो कोमेनेन्सियाले विश्वकपमा कुराकाओका लागि ऐतिहासिक पहिलो गोल गरेका थिए।

समूहको अवस्था हेर्दा जर्मनी र आइभरी कोस्ट शीर्ष स्थान सुरक्षित गर्ने लक्ष्यमा छन् भने इक्वेडर र कुराकाओ नकआउट चरणको सम्भावना जीवित राख्न संघर्षरत छन्।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ६ : ३३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर