सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्छ : गगन थापा « Khabarhub

सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्छ : गगन थापा


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानुनी प्रबन्ध नै नगरी गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्ने बताएका छन् । 

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल संवाद कार्यक्रममा सभापति थापाले सरकारको शासकीय सुधारको कार्यसूचीमा आवश्यक कानुनी प्रबन्ध आयोग बनाउने उल्लेख भए पनि कानुनी प्रबन्ध नै नगरी आयोग गठन भएकाले यसको स्वतन्त्रता, स्वायत्तता र कार्यशैली भविष्यमा विवादास्पद हुन सक्ने बताएका हुन् ।

उनले नेपालबाट आर्जन गरेर विदेशमा गएर लुकाएको हुन सक्ने सबैभन्दा बढी आशङ्काहरू रहेको अवस्थामा पनि विदेशमा गएर लुकाएर राखिएको भनेको सम्पत्तिको छानबिन गर्ने कुरालाई कानुनी हिसाबले टेक्ने आधार बनाउनुपर्ने धारणा राखे ।

सभापति थापाले हरेक प्रकरणको छानबिन हुनुपर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरमा ल्याउनुपर्ने आफूहरूको प्रस्ट धारणा रहेको उल्लेख गरे ।

उनले राहदानी छपाई प्रकरणमा पनि गल्ती गर्नेलाई कारबाही हुनुपर्ने भन्दै सरकारले पनि कानुनी विधि प्रक्रियाको ख्याल गर्नुपर्ने बताए । 

उनले अहिलेका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भइसकेपछि वैध स्रोत र करसम्बन्धी विषयमा प्रश्नहरू उठेकाले यसबारेमा पनि सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ७ : ५९ बजे

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन

कविताले ब्रोड पिकमा अस्ताएका युक्तलाई सम्झिँदै भनिन् : हिमालका हरेक पलले झस्काइरहेका छन्

काठमाडौं – पाकिस्तानको हिमाल ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका

मधेस तनावबारे चिन्ता गर्दै राप्रपाको आग्रह : अब हिन्दु राष्ट्रबारे राष्ट्रिय बहस सुरू गरौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तराई–मधेस क्षेत्रमा हालै भएका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट