सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्छ : गगन थापा « Khabarhub

सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्छ : गगन थापा


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानुनी प्रबन्ध नै नगरी गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्ने बताएका छन् । 

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल संवाद कार्यक्रममा सभापति थापाले सरकारको शासकीय सुधारको कार्यसूचीमा आवश्यक कानुनी प्रबन्ध आयोग बनाउने उल्लेख भए पनि कानुनी प्रबन्ध नै नगरी आयोग गठन भएकाले यसको स्वतन्त्रता, स्वायत्तता र कार्यशैली भविष्यमा विवादास्पद हुन सक्ने बताएका हुन् ।

उनले नेपालबाट आर्जन गरेर विदेशमा गएर लुकाएको हुन सक्ने सबैभन्दा बढी आशङ्काहरू रहेको अवस्थामा पनि विदेशमा गएर लुकाएर राखिएको भनेको सम्पत्तिको छानबिन गर्ने कुरालाई कानुनी हिसाबले टेक्ने आधार बनाउनुपर्ने धारणा राखे ।

सभापति थापाले हरेक प्रकरणको छानबिन हुनुपर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरमा ल्याउनुपर्ने आफूहरूको प्रस्ट धारणा रहेको उल्लेख गरे ।

उनले राहदानी छपाई प्रकरणमा पनि गल्ती गर्नेलाई कारबाही हुनुपर्ने भन्दै सरकारले पनि कानुनी विधि प्रक्रियाको ख्याल गर्नुपर्ने बताए । 

उनले अहिलेका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भइसकेपछि वैध स्रोत र करसम्बन्धी विषयमा प्रश्नहरू उठेकाले यसबारेमा पनि सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ७ : ५९ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर