गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा « Khabarhub

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई विकृत युगको संज्ञा दिएका छन् । २०७२ देखि २०८२ सालसम्मको अवधिलाई सभापति थापाले विकृत राजनीतिको युग भनेका हुन् ।

शुक्रबार नेपाली कांग्रेसको नियमित श्रृंखला ग्रीन टेबलमा सभापति थापाले उक्त विकृत युगको आफूहरू केही हदसम्म साक्षी भए पनि साझेदार नभएको जिकिर गरे । उनले भने, “कतिपय सन्दर्भमा हामी विकृत युगको साक्षी भयौँ होला । तर, त्यसमा सहभागी कहिल्यै भएनौँ ।”

आफूहरूले सुरुदेखि नै राज्य र पार्टीभित्र समेत सुशासनको पक्षमा आवाज उठाउँदै आएको बताउँदै सभापति थापाले सुशासन स्थापना गर्ने लडाइँमा आफूहरू अहिले पनि अडिग रहेको जिकिर गरे । सरकारले आर्थिक अपचलन र भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने भनेर सम्पत्ति छानबिन आयोग गठन गरेको विधि र प्रक्रिया नमिलेको उनको भनाइ थियो ।

आफूहरू सम्पत्ति छानबिन हुनुपर्छ भन्नेमा प्रष्ट रहेको तर त्यसमा कानुनी विधि प्रक्रिया मिचिनु हुँदैन भन्नेमा पनि उत्तिकै सचेत रहेको सभापति थापाको भनाइ थियो । “हामी भ्रष्टाचारको विरूद्धमा लडेर आएका हौँ । तर अहिले सामान्यीकरण गरेर सबै गलत भन्ने भाष्य बनाइँदैछ । हामी यो सफा गर्छौं । त्यसैका लागि पनि हामीसहित सबैको सम्पत्ति छानबिन गर भन्छौँ । तर त्यो काम विधि र कानुनलाई पछयाएर हुनुपर्छ । हाम्रो चासो यही हो,” उनले भने ।

शासकीय सुधारको कानुनी प्रबन्ध नगरेरै सम्पत्ति छानबिनको हतारो गर्दा जनताको सुशासनको चाहना फेरि पनि नतिजामा पुग्दैन कि भन्ने चिन्ता थपिएको थापाले बताए । वैधानिकरूपमा संसदबाट शक्तिशाली छानबिन आयोग गठन गरेर अघि बढेको भए यसको क्षेत्राधिकार स्पष्ट हुने, काम गर्ने शैली प्रभावकारी हुने तथा त्यसबाट जनतामा विश्वसनीयता अझ धेरै बढ्न जाने सभापति थापाको भनाइ थियो ।

थापाले आफूहरूले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरण बुझाउने पनि जानकारी दिए । उनले भने, “विधि र कानुनभन्दा माथि कोही हुँदैन । हामीहरू आयोगलाई सम्पत्ति विवरण बुझाउँछौँ । तर विधि र प्रक्रियाको कुराहरू पनि सँगसँगै उठाइरहन्छौँ । किनकि हामी नेपाली समाजलाई प्रष्ट बनाउन चाहन्छौँ ।”

सभापति थापाले पासपोर्ट काण्डको पनि छानबिन हुनुपर्ने पक्षमा आफू रहेको बताए । उनले भने, “पासपोर्ट काण्डबारे छानबिन सुरु भएको भन्ने थाहा भयो । पासपोर्ट काण्ड छानबिन हुनैपर्छ । तर त्यसमा पनि विधि भने पछ्याउनै पर्छ ।”

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ९ : ३९ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७