आज २०८३ साल साउन ३ गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन ३ गते आइतबारको राशिफल


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन ३ गते आइतबार सन् २०२६ जुलाई १९ तारिख। असार शुक्ल पक्षको षष्ठी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष: सोचेको काम नबन्दा मन दुखी हुनेछ । शिक्षा र व्यापारमा घाटा लाग्नेछ । राजनीतिमा लगानी गर्दा फाइदा हुनेछ। परिवारमा भने मनमुटाव हुनेछ।

वृष: आज पराक्रम बढ्नेछ। आफ्नो भाग्य आफैले बनाउनुपर्ने दिन भएकाले निर्णय गर्दा सचेत हुनुपर्ने दिन छ। वैदेशिक रोजगारीमा आकर्षण बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने योग छ।

मिथुन: दिन सामान्य राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। स्वास्थ्यले साथ दिनेछ। धन आर्जन गर्ने समय रहेको हुँदा साथीभाइ दाहिना रहनेछन्। आज पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ।

कर्कट: दिन निकै राम्रो छ। आम्दानीका स्रोतहरु खुल्दै जानेछन्। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। परिवनरसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिमा भने संकट देखिन्छ।

सिंह: सानातिना कुराले मनमा झन्झट आउनेछ। बोली र व्यवहारमा एकरुपमा ल्याउनु आवश्यक छ। राजनीति र शिक्षामा भने तपाईको राम्रो छ। आज मानसम्मान मिल्ने दिन छ ।

कन्या: पारिवारिक मेलमिलाप हुनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । खानपानमा ख्यान नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। विज्ञको सल्लाहमा गरेको काममा सफलता मिल्नेछ।

तुला: आज तपाईंको कला र गलाको प्रदर्शनी गर्नुपर्ने दिन छ। स्वास्थ्यमा लाभ लिनको साथै राजनीतिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। परिवारमा घुलमिल हुनेछ। परिवारको साथमा रमाइलो हुनेछ।

वृश्चिक: दिन राम्रो छ। शिक्षामा गरेको प्रयासले मन हलुको हुनेछ। परिवारको सल्लाह लिएर काम गर्नुहोला। रमाइलो भेटघाटको समय छ। राजनीति क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

धनु: मनमा उथलपुथल हुनसक्छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। कम बोल्दा फाइदा हुनेछ।

मकर: दिन सामान्य राम्रो छ। शत्रु बढ्नेछन्। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्य लाभ हुनेछ। राजनीति क्षेत्रमा पहुँच बढ्ने। पारिवारमा मेलमिलाप हुनेछ।

कुम्भ: दिन सामान्य राम्रो छ। अनावश्यक खर्च बढ्दा मन दुखी हुनेछ। धार्मिक कार्यमा सहभागी हुनसके भाग्यको उदय हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ । आज यात्रामा भने सतर्कता अपनाउनुपर्ने दिन छ ।

मीन: जोगिएर काम गर्नुपर्ने दिन छ । दाजुभाइ वा भगिनी संस्थासँग गरेको लगानीले फाइदा हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। साना कुराले परिवारमा मनमुटाव हुनसक्छ। थोरै बोलेर अघि बढ्नुहोला।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ५ : १३ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर