विश्वकपकै सर्वाधिक गोलकर्ता बने एमबाप्पे « Khabarhub

विश्वकपकै सर्वाधिक गोलकर्ता बने एमबाप्पे

गोल्डेन बुटको प्रतिस्पर्धामा मेसी परे पछाडि


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – किलियन एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक २२ गोलको कीर्तिमान कायम गरेका छन् । गएराति भएको विश्वकपको तेस्रो स्थानका लागि भएको रोमाञ्चक भिडन्तमा इङ्गल्यान्डसँग फ्रान्स ६–४ ले पराजित भएको खेलमा उनले यो कीर्तिमान बनाएका हुन् ।

शनिबार मियामीमा भएको खेलमा पराजित भएसँगै फ्रान्सले चौथो स्थानमा चित्त बुझाएको छ भने इङ्गल्यान्डले तेस्रो स्थानसहित कांस्य पदक पक्का गरेको छ ।

२७ वर्षीय फ्रान्सेली कप्तान एमबाप्पेका लागि यो खेल ऐतिहासिक बन्यो । पहिलो हाफमा ४–० ले पछि परेको फ्रान्सलाई खेलमा फर्काउन उनले दोस्रो हाफको सुरुवातमै (४८औं मिनेटमा) गोल गरे । त्यसको ६ मिनेटपछि ब्राड्ली बार्कोलाले फ्रान्सका लागि दोस्रो गोल थपे ।

खेलको ६६औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै विश्वकप इतिहासमै सबैभन्दा धेरै २२ गोल गर्ने दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाए । जारी विश्वकप २०२६ मा उनको यो १०औं गोल हो ।

यो गोलसँगै एमबाप्पे गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि कडा रूपमा प्रस्तुत भएका छन् । यो उपाधिका लागि उनी र मेसीबीच प्रतियोगिताभरि तीव्र प्रतिस्पर्धा चलिरहेको छ । ३९ वर्षीय अर्जेन्टिनी स्टार मेसीका लागि सोमबार बिहानका राति स्पेनविरुद्ध हुने फाइनल खेल एमबाप्पेलाई पछि पार्ने अन्तिम अवसर हो ।

खेलमा फ्रान्सका तर्फबाट ओसमाने डेम्बेले(छैटौँ विश्वकप गोल)ले चौथो गोल थपेका थिए । यता इङ्गल्यान्डका लागि बुकायो साकाले सानदार ह्याट्रिक गरे भने जुड बेलिङ्घमले खेलको अन्त्यतिर छैटौँ गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यस गोलसँगै बेलिङ्घम जारी विश्वकपमा ७ गोल गर्दै एकै संस्करणमा इङ्गल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ५ : ३७ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको