विश्वकपकै सर्वाधिक गोलकर्ता बने एमबाप्पे « Khabarhub

विश्वकपकै सर्वाधिक गोलकर्ता बने एमबाप्पे

गोल्डेन बुटको प्रतिस्पर्धामा मेसी परे पछाडि


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – किलियन एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक २२ गोलको कीर्तिमान कायम गरेका छन् । गएराति भएको विश्वकपको तेस्रो स्थानका लागि भएको रोमाञ्चक भिडन्तमा इङ्गल्यान्डसँग फ्रान्स ६–४ ले पराजित भएको खेलमा उनले यो कीर्तिमान बनाएका हुन् ।

शनिबार मियामीमा भएको खेलमा पराजित भएसँगै फ्रान्सले चौथो स्थानमा चित्त बुझाएको छ भने इङ्गल्यान्डले तेस्रो स्थानसहित कांस्य पदक पक्का गरेको छ ।

२७ वर्षीय फ्रान्सेली कप्तान एमबाप्पेका लागि यो खेल ऐतिहासिक बन्यो । पहिलो हाफमा ४–० ले पछि परेको फ्रान्सलाई खेलमा फर्काउन उनले दोस्रो हाफको सुरुवातमै (४८औं मिनेटमा) गोल गरे । त्यसको ६ मिनेटपछि ब्राड्ली बार्कोलाले फ्रान्सका लागि दोस्रो गोल थपे ।

खेलको ६६औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै विश्वकप इतिहासमै सबैभन्दा धेरै २२ गोल गर्ने दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाए । जारी विश्वकप २०२६ मा उनको यो १०औं गोल हो ।

यो गोलसँगै एमबाप्पे गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि कडा रूपमा प्रस्तुत भएका छन् । यो उपाधिका लागि उनी र मेसीबीच प्रतियोगिताभरि तीव्र प्रतिस्पर्धा चलिरहेको छ । ३९ वर्षीय अर्जेन्टिनी स्टार मेसीका लागि सोमबार बिहानका राति स्पेनविरुद्ध हुने फाइनल खेल एमबाप्पेलाई पछि पार्ने अन्तिम अवसर हो ।

खेलमा फ्रान्सका तर्फबाट ओसमाने डेम्बेले(छैटौँ विश्वकप गोल)ले चौथो गोल थपेका थिए । यता इङ्गल्यान्डका लागि बुकायो साकाले सानदार ह्याट्रिक गरे भने जुड बेलिङ्घमले खेलको अन्त्यतिर छैटौँ गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यस गोलसँगै बेलिङ्घम जारी विश्वकपमा ७ गोल गर्दै एकै संस्करणमा इङ्गल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ५ : ३७ बजे

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि