मेसीलाई दुई गोलले पछाडि पार्दै गोल्डेन बुटको बलियो दाबेदार बने एमबाप्पे : कस्तो छ रेकर्ड ? « Khabarhub

मेसीलाई दुई गोलले पछाडि पार्दै गोल्डेन बुटको बलियो दाबेदार बने एमबाप्पे : कस्तो छ रेकर्ड ?


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेल सकिएसँगै गोल्डेन बुट दौडमा फ्रान्सका कप्तान किलियन एमबाप्पे शीर्ष स्थानमा बलियो देखिएका छन् । इङ्गल्यान्डविरुद्धको रोमाञ्चक भिडन्तमा दुई गोल थप्दै एमबाप्पेले जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या १० पुर्‍याएका हुन् ।

एमबाप्पे १० गोल र ४ असिस्टसहित विश्वकपको पहिलो स्थानमा छन् । उनले हरेक ७० मिनेटमा गोल गर्दै विपक्षी टोलीविरुद्ध कुल ४१ पटक प्रहार गरेका छन्, जसमा उनको सट एक्युरेसी ५६ प्रतिशत र गोल कन्भर्जन २४ प्रतिशत रहेको छ ।

त्यस्तै, अर्जेन्टिनाका कप्तान लियोनेल मेसी ८ गोल र ४ असिस्टसहित दोस्रो स्थानमा छन् । ७ खेल खेलेका मेसीले प्रति ९० मिनेट १.१६ को औसतमा गोल गरेका छन् ।

जारी विश्वकपमा मेसीले हरेक ७८ मिनेटमा गोल निकाल्दा ३४ पटक पोस्टको दिशामा प्रहार गरेका छन् । आइतबार स्पेनविरुद्ध हुने फाइनल खेलमा मेसीलाई एमबाप्पेको कीर्तिमानलाई पछ्याउने अन्तिम अवसर हो ।

यस सूचीको तेस्रो स्थानमा इङ्गल्यान्डका जुड बेलिङ्घम र नर्वेका अर्लिङ हालान्ड संयुक्त रूपमा रहेका छन् । दुवैले समान ७–७ गोल गरेका छन् । बेलिङ्घमले ८ खेल खेल्दै १ असिस्ट गरेका छन् भने हालान्डले मात्र ५ खेलमा ७ गोल गरे पनि कुनै असिस्ट गर्न सकेनन् ।

सूचीको पाँचौँ स्थानमा फ्रान्सका ओसमाने डेम्बेले र इङ्गल्यान्डका ह्यारी केन समान ६–६ गोलका साथ रहेका छन् । डेम्बेलेले ८ खेलमा २ असिस्ट गरेका छन् भने केनले ७ खेलमा १ असिस्ट गरेका छन् ।

विश्वकप २०२६ का शीर्ष ५ गोलकर्ता

किलियन एमबाप्पे (फ्रान्स): १० गोल, ४ असिस्ट (८ खेल)

लियोनेल मेसी (अर्जेन्टिना): ८ गोल, ४ असिस्ट (७ खेल)

जुड बेलिङ्घम (इङ्गल्यान्ड): ७ गोल, १ असिस्ट (८ खेल)

अर्लिङ हालान्ड (नर्वे): ७ गोल, ० असिस्ट (५ खेल)

ओसमाने डेम्बेले (फ्रान्स): ६ गोल, २ असिस्ट (८ खेल)

ह्यारी केन (इङ्गल्यान्ड): ६ गोल, १ असिस्ट (७ खेल)

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ६ : ०३ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको