विश्वकप फाइनलमा मेसी र यमालको महँगो भिडन्त : एउटा टिकटको मूल्य ३० करोड रुपैयाँ ! « Khabarhub

विश्वकप फाइनलमा मेसी र यमालको महँगो भिडन्त : एउटा टिकटको मूल्य ३० करोड रुपैयाँ !


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको टिकट मूल्यले इतिहासकै सबैभन्दा महँगो खेलकुद इभेन्टको रूपमा नयाँ रेकर्ड कायम गरेको छ ।

साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच आइतबार हुने उपाधि भिडन्तको टिकट फिफाको आधिकारिक रिसेल प्लेटफर्ममा २३ लाख अमेरिकी डलर (करिब ३० करोड नेपाली रुपैयाँ) सम्म पुगेको छ ।

लियोनेल मेसी र स्पेनका युवा स्टार लामिन यमालबीचको बहुप्रतीक्षित ऐतिहासिक प्रतिस्पर्धालाई लिएर समर्थकमाझ टिकटको माग अत्यधिक बढेको हो ।

शुक्रबारसम्म फिफाको मुख्य पोर्टलमा रहेका अधिकांश टिकट बिक्री भइसकेका थिए, जहाँ प्रतिटिकट मूल्य ३२ हजार डलरसम्म रहेको थियो । तर, खेल सुरु हुन २४ घण्टाभन्दा कम समय बाँकी रहँदा रिसेल बजारमा टिकटको न्यूनतम मूल्य १० हजार डलर (करिब १३ लाख रुपैयाँ) देखि अधिकतम २३ लाख डलरसम्म सूचीकृत भएको छ ।

महँगो टिकट मूल्यका बाबजुद जारी विश्वकपभरि रंगशाला दर्शकले खचाखच भरिएका छन् । फिफाको प्रतिवेदन अनुसार प्रारम्भिक चरणका ७२ मध्ये आधाभन्दा बढी खेल पूर्ण क्षमतामा सञ्चालन भएका थिए भने अन्य खेलमा पनि ९९.७ प्रतिशत सिट भरिएका थिए ।

सुरुवाती चरणमा मेक्सिकोको ग्वाडलाजारा स्टेडियममा दर्शकको उपस्थिति कम हुँदा फिफाको महँगो टिकट नीतिको आलोचना भए पनि समग्रमा यस संस्करणले सबैभन्दा बढी कमाइ गर्ने रेकर्ड बनाएको छ ।

टिकटिङ विज्ञका अनुसार सुरुमा भिसा प्रतिबन्ध र आन्तरिक सुरक्षाका कारण दर्शक घट्न सक्ने आशंका गरिए पनि विश्वकपको विश्वव्यापी लोकप्रियताका कारण समर्थक जति पनि मूल्य तिर्न तयार भएका हुन् ।

सोमबार बिहानका राति इस्ट रदरफोर्डमा हुने यस फाइनल खेललाई खेलकुद इतिहासकै सबैभन्दा महँगो र भव्य इभेन्ट मानिएको छ ।

स्पेन र साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि भिड्न लागेका हुन् । पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले पाखा लगाउँदै स्पेन फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डमाथि २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गर्दै अर्जेन्टिनाले स्पेनसँगको भेट पक्का गरेको हो। फाइनलमा मेसी र स्पेनका युवा स्टार लामिन यमलबीचको भिडन्तलाई निकै चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ६ : ५१ बजे

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको