गोरु पाल्ने किसानलाई प्रोत्साहन « Khabarhub

गोरु पाल्ने किसानलाई प्रोत्साहन


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा १९ वटा वडाका ५५० गोरुका लागि १० हजारका दरले ५५ लाख प्रोत्साहन रकम प्रदान गरिएकोमा गत आर्थिक वर्षमा तिनै किसानलाई लक्षित गरी उन्नत जातको बीउबिजन वितरण गरिएको हो ।

किसानलाई हौसलासहित परम्परागत कृषि प्रणालीको जगेर्नाका लागि गोरु पाल्नेलाई प्रोत्साहन अनुदान उपलब्ध गराइएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।

गोरु पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छोड्ने प्रवृत्तिमा पनि केही कमी आएको छ । महानगरले सबैभन्दा बढी वडा नम्बर २१ का ८४, वडा नम्बर १६ का ८४, वडा नम्बर २४ का ६२, वडा नम्बर २३ का ५१, वडा नम्बर २० का ४८, वडा नम्बर २२ का २८, वडा नम्बर १८ का ३१, वडा नम्बर २८ का ३२, वडा नम्बर ३१ का ३८, वडा नम्बर ३३ का २९, वडा नम्बर १३ का १२, वडा नम्बर १९ का आठ, वडा नम्बर २७ का छ, वडा नम्बर २६ का पाँच, वडा नम्बर २५ का तीन, वडा नम्बर ३२ का ११ र वडा नम्बर ६ मा दुई–दुई र वडा नम्बर १५ एक गोरू पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएको हो ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ८ : ०१ बजे

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली