शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’ « Khabarhub

शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जनसंवाद यात्रा थालनी गरेको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराले शुक्लाफाँटा नगरपालिका–१ बाट जनसंवाद यात्रा शुभारम्भ गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर समितिद्वारा आयोजित जनसंवाद कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बोहराले निर्वाचन क्षेत्रका जनताको आवाज सुन्न, जनतासँगै समाधान खोज्न र जिम्मेवार राजनीतिक संस्कृतिलाई थप मजबुत बनाउन जनसंवाद थालिएको बताए ।

जनसंवादको पहिलो दिन प्रतिनिधिसभा सदस्य बोहरासहित रास्वपाका नेताहरूले शुक्लाफाँटा नगरपालिका–१ बन्साह र वडा नम्बर १२ कालागौडी क्षेत्रका नागरिकसित भेटघाटका साथै संवाद गरेका छन् ।

‘हामी जवाफदेही छौँ, मत माग्न आउँदा जनताले जितेर फर्किँदैनन् कि भन्दै आशङ्का गरे’, उनले भने, ‘हामी अरु नेताजस्ता होइनौँ, हामी आउँछौँ । छ–छ महिनामा त सार्वजनिक सुनुवाइ गर्ने पनि भनेका छौँ ।’

जनताप्रति उत्तरदायी भएर काम गर्ने बताउँदै सांसद बोहराले नागरिकका गुनासा सुन्न हरेक वडास्तरसम्म जाने बताए । ‘वडा तहका कामलाई प्राथमिकता दिएर जनताको समस्या समाधानका लागि सक्रिय रहन्छौँ’, उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर समितिका सभापति हरिश धामीले जनसंवाद निरन्तर अघि बढ्ने बताए । जनसंवाद यात्रामार्फत स्थानीय समस्या र समाधानका विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

जनसंवाद शुभारम्भ कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य विजय जैरु, सुदूरपश्चिम प्रदेशका प्रवक्ता तेज ठकुल्ला, जिल्ला सचिव राकेश चन्द, निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गणेश खड्कालगायत नेता सहभागी थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ८ : ४१ बजे

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम

१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

काठमाडौँ । नेपालमा भोलि (साउन ४ गते) १ हजार २५०

महाशाखाले भन्यो : यी क्षेत्रमा थप वर्षा, सतर्कता अपनाउनू

काठमाडौँ । हाल कोसी र बागमती प्रदेशका केही स्थान, लुम्बिनी,

काठमाडौँमा अवतरण हुन नसकेपछि लखनउ ‘डाइभर्ट’ भयो फ्लाईदुबई

काठमाडौँ- दुबईबाट काठमाडौँका लागि उडेको फ्लाईदुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६