शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ « Khabarhub

शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको छ ।

पोखराका विभिन्न ठाउँमा भएका चोरीका घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक राहुल निषाद, सोमनाथ हनुमंत जाधव, चिनियाँ नागरिक वेन जिई र वाङ ल्यानयिनलाई पक्राउ गरिएको हो ।

यस्तै स्याङ्जा चापाकोटका ४२ वर्षीय राजकुमार विक, कास्कीको पोखरा महानगरपालिका–१६ का ५१ वर्षीय केशव पाइजा मगर, अन्नपूर्ण गाउँपालिका–७ का खिमबहादुर क्षेत्री, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ का अशोक पोख्रेल र बागलुङको बागलुङ नगरपालिका–१२ का २७ वर्षीय अनिल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूको साथबाट नगद, सुन, मोबाइल, ल्यापटप, घडीलगायतका सामग्री बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

पक्राउ परेकालाई चोरी तथा डाँका मुद्दामा कास्की जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । केही समयदेखि पोखराका विभिन्न ठाउँमा भइरहेका चोरीका घटनाको सुक्ष्म अनुसन्धान गर्दा उक्त गिरोहलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ११ : ५४ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने