एकैदिन ५८ विपद्का घटना, तीन जनाको मृत्यु, १३ जना घाइते « Khabarhub

एकैदिन ५८ विपद्का घटना, तीन जनाको मृत्यु, १३ जना घाइते


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकारका ५८ वटा विपद्का घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार घटनाबाट करिब २९ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, विभिन्न स्थानमा छ वटा सडक अवरुद्ध भएका छन् ।

घटनामध्ये सबैभन्दा धेरै पहिरोका २३ वटा घटना दर्ता भएका छन् । त्यसपछि आगलागीका १४, बाढीका पाँच, चट्याङका एक, हावाहुरीका एक तथा जनावरसँग सम्बन्धित एक घटना भएका छन् ।

यी घटनाबाट ४५ जिल्ला प्रभावित भएका छन् । विवरणअनुसार बाढीका घटनाबाट दुई जनाको मृत्यु भएको छ भने अन्य घटनामा एक जनाले ज्यान गुमाएका छन्। घाइतेमध्ये अधिकांश आगलागी र जनावरसँग सम्बन्धित घटनाका छन् ।

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोका घटना बढिरहेका छन् । प्राधिकरणले नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा सडक क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  १ : २८ बजे

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

काठमाडौं– भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन