विश्वकपमा नपुगेको चीन आर्थिक रूपमा सबैभन्दा ठूलो विजेता बन्दै ! « Khabarhub

विश्वकपमा नपुगेको चीन आर्थिक रूपमा सबैभन्दा ठूलो विजेता बन्दै !


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

हङकङ- स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि आमनेसामने हुँदै गर्दा चीन यस पटक छनोट नै हुन सकेन। मैदानमा नउत्रिए पनि चीनले आर्थिक रूपमा प्रतियोगिताको सबैभन्दा ठूलो लाभ उठाएको देखिएको छ।

यस वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा आयोजित विश्वकपले खेलकुद सामग्री, जर्सी र अन्य स्मरणिका उत्पादन तथा निर्यात गर्ने चिनियाँ कम्पनीहरूलाई उल्लेखनीय व्यापारिक फाइदा दिलाएको छ।

चीनको चियाङ्सी प्रान्तमा खेल पोशाक निर्यात व्यवसाय सञ्चालन गर्ने झेङ चियीले अर्जेन्टिनाको जर्सीको थामिनसक्नु माग रेको बताए । खासगरी सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि अर्जेन्टिनाको जर्सीको माग ह्वात्तै बढेको उनले जानकारी दिए ।

उनका अनुसार पछिल्ला केही महिनामा जर्सीको बिक्री करिब ६० प्रतिशत ले बढेको छ। बढ्दो मागका कारण यस वर्ष उनको व्यापार युरोपेली बजारसम्म विस्तार भएको छ।

झेङका अनुसार दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकापछि युरोप अहिले उनको प्रमुख निर्यात गन्तव्य बनेको छ। परम्परागत बजारमा धेरै परिमाण बेच्दा कम नाफामा व्यापार हुने भए पनि युरोपेली ग्राहकले उच्च मूल्य तिर्न तयार भएकाले बढेको ढुवानी खर्चसमेत व्यवस्थापन गर्न सहज भएको उनले बताए।

उनका अनुसार सबैभन्दा बढी माग लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो, किलियन एमबाप्पे र एर्लिङ हालान्डका जर्सीको रहेको छ।

चीनको निर्यातमा विश्वकपको प्रभाव

आन्तरिक अर्थतन्त्र सुस्त रहेको संकेत देखिए पनि चीनको निर्यात भने तीव्र रूपमा बढेको छ। चिनियाँ भन्सार विभागका अनुसार जुन महिनामा निर्यात २७ प्रतिशत ले बढेको थियो । चालु वर्षको पहिलो छ महिनामा कुल निर्यात १७.६ प्रतिशतले वृद्धि भएको समाचार साउथ चाइन मर्निङ पोस्टले छापेको छ।

भन्सार अधिकारीहरूले विश्वकपका कारण विश्वभर खेलकुद सामग्रीको माग बढेको बताए । विश्वको सबैभन्दा ठूलो खेल सामग्री निर्यातकर्ता चीनले त्यसबाट उल्लेखनीय लाभ लिएको उनीहरू बताएका छन्। हाल विश्व खेलकुद सामग्री निर्यातको ४० प्रतिशतभन्दा बढी हिस्सा चीनको छ।

यस वर्षको पहिलो छ महिनामा चीनबाट खेल सामग्री र उपकरणको निर्यात ६७.५३ अर्ब युआन (करिब ९.९७ अर्ब अमेरिकी डलर) पुगेको अधिकारीहरूले जानकारी दिएका छन्।

टोली विश्वकपमा छैन, तर उपस्थिति बलियो

चीनको पुरुष फुटबल टोली सन् २००२ पछि पहिलो पटक पनि विश्वकपमा छनोट हुन सकेन। सन् २००२ नै चीनले विश्वकप खेलेको एकमात्र संस्करण हो।

तर टोली मैदानमा नभए पनि चीनको उपस्थिति विश्वकपभर देखिएको छ। प्रतियोगितामा सहभागी धेरै टोलीले लगाउने खेल पोशाक चीनमै उत्पादन भएका छन्।

यस्तै, चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी हिसेन्स र दुग्ध कम्पनी मेङनिउ ले विश्वकप रंगशालामा विज्ञापन गर्दै आफ्नो विश्वव्यापी ब्रान्ड प्रवर्द्धन गरेका छन्।

यसको प्रभाव पनि देखिएको छ। गुगल खोज तथ्याङ्कअनुसार पछिल्लो एक महिनामा ‘मेङनिउ’ सम्बन्धी खोजी अघिल्लो वर्षको त्यही अवधिको तुलनामा ५ हजार प्रतिशतभन्दा बढी बढेको छ।

अष्ट्रेलियास्थित लोवी इन्स्टिच्युटका लागि प्रकाशित प्रतिवेदनमा वेस्टर्न सिड्नी विश्वविद्यालयकी सहप्राध्यापक जेनिफर ह्सुले विश्वकपजस्ता भावनात्मक रूपमा जोडिने विश्वव्यापी प्रतियोगितामा आफ्ना ब्रान्ड र प्रणालीलाई जोडेर चिनियाँ कम्पनीहरूले विश्वभरका उपभोक्ताको दैनिक जीवनमा प्रभाव विस्तार गरिरहेको उल्लेख गरेकी छन्।

विश्वकपपछि नयाँ व्यापारिक अवसरको खोजी

विश्वकप सकिएपछि खेल पोशाकको माग घट्ने अपेक्षा गरिएको छ। तर व्यवसायी झेङ जियी भने त्यसपछि आउने नयाँ बजारको तयारीमा लागिसकेका छन्। उनले अब उत्पादनलाई हेलोविन लक्षित पोशाकतर्फ केन्द्रित गर्दै नयाँ व्यापारिक अवसर खोज्ने योजना बनाएका छन्।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  २ : ५२ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका