भेनेजुयला : भूकम्पको भग्नावशेषबाट चार हप्तापछि बिरालोको उद्धार, थप जीवत प्राणी उद्धारका लागि ‘आशा’ को सङ्केत « Khabarhub

भेनेजुयला : भूकम्पको भग्नावशेषबाट चार हप्तापछि बिरालोको उद्धार, थप जीवत प्राणी उद्धारका लागि ‘आशा’ को सङ्केत


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काराबालेडा– भेनेजुएलामा शनिबार एक बिरालोलाई भत्किएको आवासीय भवनको भग्नावशेष मुनिबाट कमजोर अवस्थामा उद्धार गरिएको छ । उद्धारकर्ताले यसलाई मृत्यु भएको भूकम्पपछिको अवस्थामा थप जीवनको लागि ‘आशाको किरण’ भनेका छन्।

गत जुन २४ मा दक्षिण अमेरिकी राष्ट्रमा आएका लगातारका भूकम्पबाट पाँच हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । भूकम्पका कारण तटीय राज्य ला गुएरा सबैभन्दा बढी प्रभावित भएको थियो ।

स्वयंसेवी उद्धारक आन्द्रेस कार्भाजालले ला गुएराको एक आवासीय भवनमा खोजी गर्दा उक्त बिरालो भेटिएको थियो । विरालो भेटिएको भवन पूरै भग्नावशेषमा परिणत भएको थियो ।

‘हामीले बिरालोलाई देख्यौं, तर यो डराएर भवनभित्र थप गहिरो भागमा गएको थियो,’ कार्भाजालले एएफपीलाई बताए । यो कहिले फसेको हो भन्ने स्पष्ट छैन । 

‘म गएँ, मेरो पन्जा खोलेँ र मेरो हातमा बिरालोको खाना राखेँ । यसले बिस्तारै नजिक आयो र अत्यन्तै हतास भएर खायो,’ विश्वविद्यालयका २१ वर्षीय छात्र कार्भाजालले भने । 

कार्भाजालले भेनेजुयली भाषामा ‘एल गाटो’ अर्थात् बिरालो लेखिएको हेलमेट लगाउने गरेका थिए र संयोगबस उनले नै बिरालोलाई करिब एक महिनापछि भग्नावशेषबाट निकाल्ने सौभाग्य मिलेको छ । उनले यो आफ्नो बाल्यकालदेखिको उपनाम भएको बताए । 

उनी काराकासस्थित भेनेजुएला केन्द्रीय विश्वविद्यालयका अन्य विद्यार्थीहरूले उद्धार कार्यमा सहयोग गर्नका लागि गठन गरेको एक समितिका प्रमुख पनि छन् । 

उद्धार भएपछि उक्त बिरालोलाई भेटेरिनरी चिकित्सकहरू तयारी अवस्थामा रहेको सानो क्याम्पमा हस्तान्तरण गरियो। त्यहाँ यसलाई तरल पदार्थ खान दिइयो र सफा गरियो, त्यसपछि यसका वासस्थानतर्फ पठाइयो ।

‘हामीले यसलाई फेला पारेकोमा म निकै खुसी छु,’ कार्भाजालले भने । 

उनले भने, ‘यहाँ रहेको कुनै पनि जीवनप्रति सहानुभूति नहुन असम्भव छ । यो सानो बिरालोको उद्धारले साङ्केतिक रूपमा भग्नावशेषमा अझै पनि जीवितहरूलाई फेला पार्ने ‘आशा’ मरिनसकेको पुष्टि गर्छ । उद्धार प्रयासलाई निरन्तरता दिन प्रोत्साहन गर्छ l’ रासस
 

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ५ : २३ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र