विश्वकपको पुरस्कार : विजेतलाई ५ करोड डलर, यसपाली औँठी पनि « Khabarhub

विश्वकपको पुरस्कार : विजेतलाई ५ करोड डलर, यसपाली औँठी पनि


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४८ देशले १०३ वटा खेल खेलिसकेपछि सोमबार बिहान फाइनल हुँदैछ । अर्जेन्टिना र स्पेन विश्वकप ट्रफी उचाल्ने दाउमा छन्, हरौं को सफल हुन्छन् ?

यसपालीको पुरस्कार राशीले पनि विश्वकपको आकर्षण बढाएको छ । ट्रफी–मेडलबाहेक फिफाले ६६. करोड डलर नगद पुरस्कारमा खर्चिने भएको छ ।

विश्वपमा सहभागी हुनु कुनै पनि देशका लागि आफैँमा एउटा उपलब्धि हो । त्यसैले सहभागी टोलीले ९० लाख डलर रकम पाउँछन् ।

१७ औंदेखि ३२ औंस्थानमा पुगेका टोलीले १ करोड १० डलर नगद पाउनेछन् ।

पाँचौदेखि आठौं स्थानसम्म पुगेकाले १ करोड ९० लाख डरल पाउनेछन् । चौथो बनेको फ्रान्सले २ करोड ७० लाख डलर पाएको छ । तेस्रो बनेको इङल्यान्डले २ करोड ९० लाख डरल पाएको छ ।

अब पहिलो र दोस्रो पुरस्कार पाउने टोली घोषित हुन बाँकी छ । दोस्राले ३ करोड ३० लाख डलर पाउनेछ । पहिलोले ५ करोड डलर पाउनेछ ।

यो वर्ष ८० लाख डलरले विजेताको पुरस्कार राशी बढाइएको हो । सन् २०२२ को विजेता अर्जेन्टिनाले ४ करोड २० लाख डलर हात परेको थियो ।

च्याम्पियनलाई औँठी

फिफाले यो विश्वकपबाट च्याम्पियनलाई औँठी पनि दिने भएको छ । विजेतका टोलीका लागि ३० वटा औँठी छुट्याइएको छ । टोलीका प्रबन्धकले पनि औँठी पाउने भएका छन् ।

खेलाडीहरूको नापअनुसारको औँठी प्रदान गरिने बताइएको छ । औँठी विजेता भइसकेपछिको मितिमा मात्रै प्रदान गरिनेछ ।

विश्वपक विजेताहरू दिइने ट्रफीपछिको यो मात्रै अर्को भौतिक पुरस्कार हो ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ६ : ४६ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा