बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन « Khabarhub

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको छ ।

सो अभियानका क्रममा फिल्ड निरीक्षण गर्दा १९ थान बेवारिसे मिटर फेला पारिएको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राले जानकारी दिए । उनका अनुसार खजुरा गाउँपालिकाका ग्रामीण क्षेत्रमा १४ र नेपालगञ्ज उपमहानगरपालिकामा पाँच थान बेवारिसे मिटर फेला परेको छ ।

बेवारिसे मिटरबाट करिब तीन लाख हजार युनिट बराबरको विद्युत् खपत पहिचान गरी त्यसलाई राजस्व दायरामा ल्याइ लगत कायम गर्ने प्रक्रिया सुरु गरिएको प्रमुख मिश्राले बताए । उनले भने, ‘केही ग्राहकले कार्यालयमा आएर रकम बुझाउनुभएको छ, केही बुझाउने प्रक्रियामा हुनुहुन्छ ।’

विभिन्न स्थानका घर र खेतमा मिटर नजोडी विद्युत् उपभोग गरिएको पाइएको जानकारी दिँदै प्रमुख मिश्राले चुवाहट नियन्त्रण कार्यक्रम प्रभावकारी हुँदा विद्युत चुवाहटमा कमी आउनुका साथै राजश्व सङ्कलन समेत वृद्धि भएको बताए । उपवितरण केन्द्र खजुराका इन्चार्ज दिनेश वली नेतृत्वको टोली गाउँ–गाउँ पुगेर स्थलगत निरीक्षण, मिटर परीक्षण, विद्युत् प्रयोगको अनुगमन तथा सेवा सुधारका कार्य गरिरहेको उनले बताए ।

मिटरमा स्वीकृत क्षमता पाँच एएमपी मात्र भएका तर नियमविपरीत १६ एएमपी, १५ एमपी र ३२ एएमपी सम्मका एमसिवी प्रयोग गरिरहेका ७४३ ग्राहकको डिमान्ड चुहावट नियन्त्रण गरिएको वलीले जानकारी दिए । ती ग्राहकबाट प्राधिकरणको प्रचलित नियमअनुसार आवश्यक रकम असुली गर्ने प्रक्रिया अगाडि बढाइएको वितरण केन्द्रले जनाएको छ ।

चुहावट नियन्त्रण अभियानसँगै ग्राहकलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले फिल्डमै पुगेर ग्राहकका गुनासा तथा विद्युत् आपूर्तिसम्बन्धी समस्याको स्थलगत रूपमा समाधान गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

इन्चार्ज वलीले आवाजविहीन तथा पहुँचबाहिर रहेका ग्राहकको समस्या पहिचान गरी धेरै स्थानमा तत्काल समाधान गरिएको बताए । आवश्यकता भएका स्थानमा नयाँ ट्रान्सफर्मर जडान, पोल तथा तार विस्तार, क्षमता अभिवृद्धि तथा नयाँ लाइन विस्तारका कार्य तीव्र गतिमा सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ९ : ११ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने