काठमाडौँमा अवतरण हुन नसकेपछि लखनउ ‘डाइभर्ट’ भयो फ्लाईदुबई « Khabarhub

काठमाडौँमा अवतरण हुन नसकेपछि लखनउ ‘डाइभर्ट’ भयो फ्लाईदुबई


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुबईबाट काठमाडौँका लागि उडेको फ्लाईदुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भारतको लखनउतर्फ ‘डाइभर्ट’ भएको छ।

फ्लाईदुबईको एफडीबी ५३९ (एफजेड ५३९) उडान नम्बरको बोइङ ७३७ म्याक्स विमान काठमाडौँको आकाशमा एक घण्टाभन्दा बढी समय फन्को मारेर पनि अवतरण गर्न नसकेपछि लखनउतर्फ गएको हो।

विमानले सुरुमा काठमाडौँ र आसपासको आकाशमा लामो समय फन्को मारेको थियो। मौसम अनुकूल नभएकाले अवतरण सम्भव नभएपछि विमान लखनउतर्फ मोडिएको हो। हाल यो विमान लखनउमा अवतरण भइसकेको छ।

तालिकाअनुसार यो विमान बेलुका ७:३० बजे नै काठमाडौँमा अवतरण हुनुपर्ने थियो। विमान ढिलो गरी राति ८ः५६ बजे अवतरण हुने अनुमान गरिए पनि काठमाडौँको आकाशमा ओर्लिन नसकेपछि अन्ततः भारततर्फ मोडिएको हो।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ९ : ५४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा