नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा « Khabarhub

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम पुरस्कार’ राप्ती साहित्य परिषद्, दाङलाई प्रदान गर्ने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष रमा शर्माद्वारा जारी विज्ञप्तिअनुसार मोफसलमा रहेर पनि रचनात्मक क्रियाकलापद्वारा आधा शताब्दीदेखि नेपाली भाषाको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको राप्ती साहित्य परिषद्लाई पुरस्कार दिने निर्णय गरिएको जनाइएको छ ।

पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ समेत प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । यो पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।

परिषद्ले कविशिरोमणि लेखनाथ पौड्याल, सिर्जनाका बहुआयामिक व्यक्तित्व बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित ‘लेबाल त्रिरत्न पुरस्कार’ नेपाली संस्कृतिको गहन अध्ययन गरी अनेक कृतिहरूको सिर्जना गर्ने सर्जक प्रा.डा. जगदीशचन्द्र रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । यस पुरस्कारका साथ नगद राशि ७५ हजार रुपैयाँ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

परिषद्का अध्यक्ष रमा शर्माको सभापतित्वमा बसेको प्रबन्ध समिति बैठकले उक्त निर्णय गरेको हो ।

घोषित दुवै पुरस्कार साउन ३१ गते आइतबार परिषद्को ७६औँ वार्षिकोत्सव, अमृत महोत्सव वर्षको समापन तथा संस्थापक गोपाल पाँडे असीमको ११४आँै जयन्तीका अवसरमा प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  १० : २९ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र