ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते « Khabarhub

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

गत ३ गते बेलुकी करिब ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका अटो चालक घोराही–५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा ४ गते बिहान २:४५ बजे मेडिकल कलेज, कोहलपुर बाँकेमा मृत्यु भएको प्रहरीले जनाएको छ।

अटोमा सवार अन्य दुई जना घाइतेको अवस्था भने मध्यम रहेको छ। प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र चालक घोराही–१७ भैसाही बस्ने २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ७ : ०३ बजे

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो