बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी « Khabarhub

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो गोल गर्दै त्यसलाई बुवाप्रति समर्पित गरेका छन्। मेसीको उत्कृष्ट प्रदर्शनका बाबजुद इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) अन्तर्गत फिलाडेल्फिया विरुद्धको खेलमा २-२ को बराबरीमा चित्त बुझाएको छ।

गोल गरेलगत्तै मेसीले भावुक हुँदै आकासतर्फ हात उठाएर गोल आफ्ना स्वर्गीय पितालाई समर्पित गरेका थिए। यसअघि उनले नै टोलीको पहिलो गोलका लागि उत्कृष्ट पास मिलाइदिएका थिए।

मेसीको गोलसँगै उनको खेल जीवनको समग्र गोल सङ्ख्यामा अर्को एउटा कोशेढुङ्गा थपिएको छ। फिलाडेल्फियाको घरेलु मैदानमा भएको खेलमा रोमाञ्चक प्रतिस्पर्धा भए पनि दुवै टोली अंक बाँड्न बाध्य भए।

खेलको ११ औँ मिनेटमा इन्डियाना भासिलेभको गोलबाट फिलाडेल्फियाले अग्रता लिएको थियो। तर, २१ औँ मिनेटमा मेसीको पासमा ड्यानियल पिन्टरले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको पाँच मिनेटपछि अर्थात् २६ औँ मिनेटमा मेस्सी आफैँले गोल गर्दै मायमीलाई २–१ को अग्रता दिलाए। गोल गरेपछि मेसीले आकासतर्फ हात उठाउँदै पिताप्रति समर्पित गरेका थिए।

दोस्रो हाफको ५८ औँ मिनेटमा नेथन पियरेले गोल गर्दै फिलाडेल्फियालाई २–२ को बराबरीमा पुर्‍याए। अत्यन्तै तनावपूर्ण बनेको खेलको इन्जुरी समयमा दुवै टोलीका एक–एक जना खेलाडीले रातो कार्ड पाएका थिए। मायमीका यानिक ब्राइटले ९० पछि थपिएको १३ औँ मिनेटमा र फिलाडेल्फियाका काभान सुलिभानले ९० मिनेटपछि १४ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान छाड्न परेको थियो।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ९ : ४८ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय