बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी « Khabarhub

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी


४ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो गोल गर्दै त्यसलाई बुवाप्रति समर्पित गरेका छन्। मेसीको उत्कृष्ट प्रदर्शनका बाबजुद इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) अन्तर्गत फिलाडेल्फिया विरुद्धको खेलमा २-२ को बराबरीमा चित्त बुझाएको छ।

गोल गरेलगत्तै मेसीले भावुक हुँदै आकासतर्फ हात उठाएर गोल आफ्ना स्वर्गीय पितालाई समर्पित गरेका थिए। यसअघि उनले नै टोलीको पहिलो गोलका लागि उत्कृष्ट पास मिलाइदिएका थिए।

मेसीको गोलसँगै उनको खेल जीवनको समग्र गोल सङ्ख्यामा अर्को एउटा कोशेढुङ्गा थपिएको छ। फिलाडेल्फियाको घरेलु मैदानमा भएको खेलमा रोमाञ्चक प्रतिस्पर्धा भए पनि दुवै टोली अंक बाँड्न बाध्य भए।

खेलको ११ औँ मिनेटमा इन्डियाना भासिलेभको गोलबाट फिलाडेल्फियाले अग्रता लिएको थियो। तर, २१ औँ मिनेटमा मेसीको पासमा ड्यानियल पिन्टरले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको पाँच मिनेटपछि अर्थात् २६ औँ मिनेटमा मेस्सी आफैँले गोल गर्दै मायमीलाई २–१ को अग्रता दिलाए। गोल गरेपछि मेसीले आकासतर्फ हात उठाउँदै पिताप्रति समर्पित गरेका थिए।

दोस्रो हाफको ५८ औँ मिनेटमा नेथन पियरेले गोल गर्दै फिलाडेल्फियालाई २–२ को बराबरीमा पुर्‍याए। अत्यन्तै तनावपूर्ण बनेको खेलको इन्जुरी समयमा दुवै टोलीका एक–एक जना खेलाडीले रातो कार्ड पाएका थिए। मायमीका यानिक ब्राइटले ९० पछि थपिएको १३ औँ मिनेटमा र फिलाडेल्फियाका काभान सुलिभानले ९० मिनेटपछि १४ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान छाड्न परेको थियो।

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  ९ : ४८ बजे

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको