राष्ट्रिय वाणिज्य बैंकद्वारा व्यवसायी रुपज्योतिको एनजिएम इन्जिनियरिङको धितो लिलामी प्रक्रिया सुरु « Khabarhub

राष्ट्रिय वाणिज्य बैंकद्वारा व्यवसायी रुपज्योतिको एनजिएम इन्जिनियरिङको धितो लिलामी प्रक्रिया सुरु


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो विभिन्न शाखा कार्यालयहरूबाट प्रवाह भएको कर्जा चुक्ता नगरेको भन्दै ऋणी कम्पनी एनजिएम इन्जिनियरिङ एण्ड सेल्स प्रालिको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्नका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ । 

बैंकले भदौ ४ गते सार्वजनिक सूचना प्रकाशित गरी ऋणी तथा जमानीकर्ताहरूलाई ३५ दिनभित्र बैंकमा सम्पर्क राखी सम्पूर्ण साँवा, ब्याज तथा अन्य दस्तुर चुक्ता गरी धितो फुकुवा गर्न अन्तिम अवसर दिएको छ ।

प्रकाशित सूचना अनुसार एन.जि.एम. इन्जिनियरिङ एण्ड सेल्स प्रालिले बैंकबाट विभिन्न तीन शीर्षकमा कर्जा लिएको थियो । 

जसमा चालुपूँजी कर्जा, ब्रिज ग्याप कर्जा १ र ब्रिज ग्याप कर्जा ३ रहेका छन् । यस कम्पनीका संस्थापक सेयरधनीहरूमा डा. रूप ज्योति, अभिक ज्योति, सुरुची ज्योति र उपष्ठान एण्ड कम्पनी प्रालि रहेका छन् ।

५७ करोडभन्दा बढी मूल्यको धितो सम्पत्ति लिलामीमा

बैंकले लिलामीका लागि सार्वजनिक गरेको धितो सम्पत्ति बाजु रत्न कंसाकारका नाति तथा मणिहर्ष ज्योतिको छोरा रूप ज्योतिको नाममा दर्ता रहेको छ । 

पर्सा जिल्लाको मालपोत कार्यालय वीरगञ्जमा दर्ता श्रेस्ता कायम रहेको चोर्नी २ स्थित कित्ता नम्बर १३ र १५ को क्रमशः ३३,१७५ वर्गमिटर र २८,०९५ वर्गमिटर क्षेत्रफल भएको जग्गा लिलाम गर्न लागिएको हो । यस धितो सम्पत्तिको न्यूनतम मूल्य सन्ताउन्न करोड सन्ताउन्न लाख एक्काइस हजार रुपैयाँ तोकिएको छ ।

जमानतदाताहरूको विवरण र कालोसूचीको चेतावनी

यस कर्जाको सुरक्षणका लागि व्यक्तिगत तथा संस्थागत जमानीकर्ता (जमानतदाता) का रूपमा डा. रूप ज्योति, अभिक ज्योति, सुरुची ज्योति र उपष्ठान एण्ड कम्पनी प्रालि रहेका छन् ।

बैंकले तोकेको ३५ दिनको अवधिभित्र कर्जा चुक्ता नभएमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ को इ.प्रा. निर्देशन नं. १२/०८२ को व्यवस्था बमोजिम ऋणी, प्रोप्राइटर तथा सञ्चालकहरूलाई कालोसूचीमा समावेश गरिने चेतावनी दिएको छ । 

सो अवधिमा कर्जा चुक्ता नभएमा लिलाम बिक्री हुन नसकेको धितो सम्पत्ति बैंक आफैँले अनुकूल समयमा सकार गर्न सक्ने वा ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गर्न सक्ने समेत बैंकले स्पष्ट पारेको छ ।

३५ दिनभित्र कर्जा चुक्ता नभएमा, धितो सम्पत्ति सकार गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको ३६औँ दिनदेखि ५०औँ दिनभित्र सम्बन्धित शाखा कार्यालयमा कार्यालय समयभित्र आइपुग्ने गरी सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 

प्राप्त बोलपत्रहरू ५१औँ दिनको दिन (सो दिन सार्वजनिक बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिन) दिउँसो २:०० बजे बोलपत्रदाता वा उनका आधिकारिक प्रतिनिधिको उपस्थितिमा खोलिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ११ : ५९ बजे

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका

सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी : अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत