कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक « Khabarhub

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका नेता रमेश लेखकले पार्टी फुट्ने वा जुट्ने भन्ने विषयको जवाफ सभापति गगन थापा पक्षलाई नै थाहा भएको बताएका छन्।

कांग्रेस फुट्छ कि जुट्छ भन्ने प्रश्नमा लेखकले भने, ‘कांग्रेस फुट्छ कि जुट्छ, गगनजीहरूलाई नै थाहा छ। उहाँहरूले फुटाउनुहुन्छ कि जुटाउनुहुन्छ।’

लेखकले पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किएको एक साता बितिसक्दा पनि शीर्ष नेताहरूले उनको स्वास्थ्य अवस्था र हालखबर बुझ्न नजानुले गगन थापा पक्षको राजनीतिक दिशाबारे संकेत गर्ने दाबी गरे।

‘पूर्वसभापति शेरबहादुर देउवा नेपाल आउनुभएको एक साता बितिसकेको छ। अहिलेसम्म शीर्ष नेताको हालखबर र स्वास्थ्य अवस्था सोध्न उहाँहरू जानुभएको छैन भनेपछि उहाँहरू कुन दिशामा हुनुहुन्छ, आफैँ विश्लेषण गरौँ,’ लेखकले भने।

उनले आफूहरूले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गरिरहेको भए पनि गगन थापा पक्ष भने त्यसमा लचिलो हुन नसकेको आरोप लगाए।

कांग्रेसभित्र देखिएको विवाद पुनरावलोकनको माग गर्दै अदालत पुगेकाले अदालतको फैसला आएपछि विवादका विषयमा टुंगो लाग्ने लेखकले बताए। उनका अनुसार अदालतको निर्णयपछि पार्टीभित्रको वर्तमान परिस्थितिले स्पष्ट दिशा लिनेछ।

पछिल्लो समय कांग्रेसभित्र नेतृत्व, पार्टी सञ्चालन र आन्तरिक विवादलाई लिएर नेताहरूबीच मतभेद बढ्दै गएको छ।

पार्टी विभाजन हुने हो कि आन्तरिक सहमतिमार्फत विवाद समाधान हुने हो भन्ने विषयमा नेताहरूका फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  १ : ३० बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र