‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’ « Khabarhub

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य घटना नै हुनुपर्ने हो । किनकि उनले कयौन् फिल्मको प्रिमियर अनुभव गरेकी छन् ।

‘मास्टर्नी’को प्रिमियरमा भने प्रियंका मञ्चमै रोइन् । रुने बेला उनी भन्दै थिइन्, ‘आज मेरा लागि विशेष दिन हो ।’

प्रिमियरमा उपस्थित पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनका आँखा रसाएका हुन् । छेउमा रहेकी अर्की नायिका गौरी मल्लले उनलाई ढाडस दिइन् । प्रियंका ‘सुक्क सुक्क’ रोइन् । धेरै आँसु झर्दा मेकअफ बिग्रने थियो । त्यसैले पनि उनले आफूलाई सम्हाल्न भ्याइन् ।

अब किन प्रियंका प्रिमियरमै रोइन त ? यसको प्रमुख जवाफ हो- उनको परिचय अब मेकरका रुपमा विस्तार भएको छ । अबबाट उनी फिल्म निर्माता पनि हुन् ।

आफूलाई मेकरको हैसियतमा प्रस्तुत गर्नुलाई उनले गर्व मानेर उनले खुसीका आँसु झारेकी हुन् ।

अर्कोतर्फ प्राइम करिअर छायामा परेपछि उनले कमब्याका लागि फिल्म निर्माणमा हात हालेकी हुन् । सायद उनले निर्माणको झमेला र संघर्ष सम्झेर भावुक भइन् । अब निर्माणको चरण सकियो ।

प्रियंका यस फिल्मको प्रिमियरमा संयमित र सजग पनि देखिएकी थिइन् । प्रचार गीत दबाबमा परेपछि त्यसका गायक दुर्गेश थापालाई उनले प्रिमियरमा बोलाइनन् ।

उनलाई नाबालिग छोरी जुन कार्यक्रम पजि लिएर हिडेको भन्दै आलोचना गर्ने दर्शक पनि मनग्य थिए । प्रिमियरमा उनले छोरीलाई लगिनन् । अर्थात्, हरेक नकारात्मक प्रवाभ पार्न सक्ने तत्वसँग उनी सचेत थिइन् ।

अर्को कुरा उनको आँशु ‘मेकरहरूका कति मिहिनेत आफू नायिका बनेको रहेछु’ भन्ने महसुस पनि हो ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ४ : ०० बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो