नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रममा विवाद, दुई संघठनले निकाले छुट्टाछुट्टै विज्ञप्ति « Khabarhub

नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रममा विवाद, दुई संघठनले निकाले छुट्टाछुट्टै विज्ञप्ति


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्तरको अभिकर्ता सम्मान कार्यक्रममा विवाद भएको छ। 

सम्मान कार्यक्रममा एउटा पक्षले अभिकर्ताहरू र ट्रेड युनियन लिडरहरूलाई दुर्व्यवहार गरिएको आरोप लगाएको छ भने अर्को पक्षले भने अमुक कम्पनीमा काम गर्ने अभिकर्ताले हुल–हुज्जत गरेको भन्दै प्रतिवाद गरेको छ ।

दुवै पक्षले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आ–आफ्नो पक्षको बचाउ गरेका छन् । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले विज्ञप्ति जारी गर्दै कम्पनीले ‘अभिकर्ताहरूलाई दुर्व्यवहार गरेको साथै नेपालको संविधान ट्रेड युनियन ऐन, श्रम ऐन बमोजिम श्रम विभागमा विधिवत रूपमा दर्ता भएको ट्रेड युनियनका लिडरहरूलाई अपमान गरी अभिकर्ताहरूबीच फुट ल्याई बीमितहरूको बोनस समेत घटाईरहेको र अभिकर्ताहरूमा असमान व्यवहार’ गरेको आरोप लगाएको छ । 

सोही सन्दर्भमा राज्यको नियम बमोजिम संगठित भएका अभिकर्ताहरूबाट आफ्नो साङ्गठनिक पहिचान खोज्दा सम्मान कार्यक्रम भएको होटलमा बाउन्सर र सुरक्षाकर्मी प्रयोग गरी समितिका अध्यक्ष लगायतका केही अभिकर्तालाई गिरफ्तार गरिएको भन्दै भर्त्सना गरेको छ ।

तर, अर्को पेशागत बीमा अभिकर्ता संघले अर्को विज्ञप्ति जारी गर्दै बुधबार होटल याक एन्ड यतीमा कार्यक्रम चलिरहेको अवस्थामा केही गैर अभिकर्ताहरूले अनावश्यक विवाद निकाली कार्यक्रमलाई प्रभावित बनाउने उद्देश्यले हुल–हुज्जत गर्न खोजेको र कम्पनीलाई बदनाम बनाउन खोजेको जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ३ : १५ बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण