देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ « Khabarhub

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष गरेका छन् ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले देउवातिर लक्षित गर्दै कसैलाई छैटौँ पटक प्रधानमन्त्री बन्न नपाएकोमा दुखेसो भएको कटाक्ष गरे ।

पछिल्लो समय कांग्रेसमा संस्थापन र इतर पक्षबीचको विवादले उग्र रुप लिएको छ। अझ इतरले साउन २९ देखि ३१ सम्म राष्ट्रिय भेला गरेपछि यो विवादले जटिल रुप लिएको छ। यही विवाद चर्किएका बेला गगनले पूर्वसभापति देउवाप्रति कटाक्ष गरेका हुन् ।

‘पाँच पटक प्रधानमन्त्री भइसकेको मान्छे छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ। दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ’, थापाले भने, ‘हामीमै हेर्‍यौँ भने यही मञ्चमा बसेका मान्छे पनि जो जिम्मेवारी पाएका छौँ, त्यसमा हामी पनि असन्तुष्ट हुन्छौँ।’

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ३ : ४० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार