रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन « Khabarhub

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको संविधानका अधिकांश धारा पुनर्लेखन गर्न खोजिरहेका छन्। दलहरूले बहिष्कार गरे पनि शाह नेतृत्वको समिति संविधान संशोधन गरिछाड्ने मुडमा छ।

तर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने संविधान संशोधन सजिलो नरहेको बताएका छन् ।

उनले प्रतिनिधि सभाको दुईतिहाइ बहुमतले मात्रै संविधान संशोधन नहुने स्वीकारोक्ति गरेका हुन् ।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित पूर्वगृहमन्त्री लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले संविधान संशोधन गर्ने भए दुईतिहाइ बहुमतका लागि आफूले साथ दिने बताएका थिए । तर रविले शाहीलाई जवाफ फर्काउँदै लामिछानेले प्रतिनिधि सभाको दुईतिहाइले मात्रै संविधान संशोधन सम्भव नरहेको जवाफ दिएका हुन् ।

‘प्रतिनिधि सभामा दुईतिहाइ बहुमत पुग्दैमा संविधान संशोधन गर्दैनौँ भन्ने त पक्कै पनि होइन, त्यो हामी सबैलाई थाहा छ’, उनले भने, ‘संविधान संशोधनका लागि प्रतिनिधि सभाको मात्र दुईतिहाइले हुन सक्दैन। यी लगायत कुराहरूलाई हामीले अवश्य ध्यान दिनुपर्छ।’

संसदीय समितिको बैठकमा कुनै पनि व्यक्तिमाथि प्रश्न उठाउँदा उसको पदीय मर्यादालाई पनि ख्याल गर्नुपर्ने लामिछानेले सांसदहरूलाई सुझाएका छन् । रास्वपाकै सांसद खगेन्द्र सुनारले समितिको बैठकमा आईजीपी दानबहादुर कार्कीबारे आपत्तिजनक शैलीमा बोलेपछि लामिछानेले यस्तो भनेका हुन् ।

‘आवाज ठूलो हुँदैमा तथ्य ठूलो हुने होइन’, लामिछानेले भने, ‘प्रमाणहरू यति बलियो होउन् कि हामीले मुख रातो पारेर प्रश्न गर्न नपरोस्, प्रमाण देखेर आउनेहरूको मुख रातो होस् ।’

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ३ : ४८ बजे

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए

गैँडाकोट– यहाँको गैंडाकोट नगरपालिका-१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव