साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए « Khabarhub

साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

गैँडाकोट– यहाँको गैंडाकोट नगरपालिका-१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई वर्षीय बालक सिवान तामाङ दुई दिनपछि सकुशल भेटिएका छन् ।

मंगलबार बिहान हजुरआमा यामकुमारी आले मगर च्याउ खोज्न शंखदेवी सामुदायिक वनतर्फ जाने क्रममा सिवानले पछ्याएका थिए । उनी हजुरआमालाई पछ्याउँदै जंगलमा छिरेका थिए । हजुरआमालाई पछ्याउँदै छिरेपछि उनी बाटो बिराएर उनी घना जंगलभित्र पुगेर हराएका थिए।

सिवानका आमाबुवा रोजगारीका लागि भारतमा छन् । त्यहीकारण उनी डेढ वर्षदेखि मामाघरमै बस्दै आएका थिए।

बालक हराएको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीयवासीले संयुक्त रूपमा खोजी थालेका थिए। रातदिन नभनी गरिएको खोजीका क्रममा दुई दिनपछि बालकलाई सकुशल भेटिएको हो ।

बालक सकुशल भेटिएपछि खोजी अभियानमा संलग्न सुरक्षाकर्मी, जनप्रतिनिधि तथा स्थानीयवासीले खुसियाली मनाएका छन्।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ४ : २० बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण