नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध « Khabarhub

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन मधेस प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

भारतको स्वतन्त्रता दिवसका अवसरमा सामाजिक विकास तथा अनुसन्धान केन्द्रद्वारा जनकपुरधाममा आयोजित ‘नेपाल–भारत सम्बन्धको वर्तमान अवस्था’ विषयक विचार गोष्ठीमा मुख्यमन्त्री यादवले दुई देशबीचको सम्बन्ध सरकारस्तरमा मात्र सीमित नभई जनस्तरसम्म गहिरो रूपमा जोडिएको बताए।

उनले नेपाल र भारतबीचको धार्मिक, भाषिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउन निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरे। नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सीमावर्ती क्षेत्रमा पूर्वाधार विकास, व्यापार, शिक्षा, स्वास्थ्य तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो।

भारतसँग प्रत्यक्ष सीमा जोडिएको प्रदेश भएकाले दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारमा मधेस प्रदेशको महत्वपूर्ण भूमिका रहेको मुख्यमन्त्री यादवले बताए। मधेस प्रदेशको विकास र समृद्धिका लागि भारत सरकार तथा भारतीय निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

कृषि, उद्योग, व्यापार तथा पूर्वाधारका क्षेत्रमा लगानी बढाउन सके मधेस प्रदेशको आर्थिक गतिविधि थप चलायमान हुने उनले बताए। साथै, जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न नेपाल–भारतबीचको साझा धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई उपयोग गर्नुपर्ने उनको धारणा थियो।

जनकपुरधाम र भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक क्षेत्रबीचको सम्बन्धलाई पर्यटनसँग जोडेर दुवै देशका नागरिकबीच आवागमन तथा सम्पर्क विस्तार गर्न सकिने मुख्यमन्त्री यादवले बताए ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत दुई देशबीच सहकार्य विस्तार गर्नुपर्नेमा उनले जोड दिए। मधेस प्रदेशमा स्वास्थ्य शिक्षाको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, दक्ष जनशक्ति उत्पादन तथा प्रविधिको विस्तारमा भारतलगायत विकास साझेदारको सहयोग उपयोगी हुने उनले बताए।

कार्यक्रममा वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासका प्रमुख देवीसहाय मिनाले नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, समानता र सहकार्यका आधारमा थप मजबुत बनाउन भारत सरकार प्रतिबद्ध रहेको बताए। नेपालको भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा भारत सरकारको सहयोग निरन्तर रहने उनले उल्लेख गरे।

कार्यक्रममा पूर्वमन्त्रीद्वय रामचन्द्र झा र डा. सुरेन्द्र यादव तथा मधेस प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा भोगेन्द्र झालगायतले सीमावर्ती क्षेत्रका नागरिकका साझा समस्या समाधान, व्यापार तथा आवागमन सहजता, शिक्षा, स्वास्थ्य, पर्यटन र सांस्कृतिक आदानप्रदानलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

विचार गोष्ठीमा विभिन्न क्षेत्रका बुद्धिजीवी, राजनीतिकर्मी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ७ : ३७ बजे

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको