एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने « Khabarhub

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित गर्दै ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्ने भएको छ ।

प्रतियोगिता काठमाडौंस्थित दशरथ रंगशालाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भदौ ६ र ७ गते सञ्चालन हुनेछ। दुई दिनसम्म चल्ने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

‘रोड टु पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने अवसरसमेत प्राप्त गर्ने आयोजकको विश्वास छ ।

प्रतियोगितालाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रवद्र्धन गरेको हो । कम्पनीले यसअघि पनि नेपालका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ । पछिल्लो समय एक्सट्रिमले क्रिकेटलगायत विभिन्न खेलसँग आफ्नो ब्रान्डलाई जोड्दै आएको छ ।

‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ को ग्रान्ड फाइनलले नेपाली ई–स्पोर्ट्स प्रेमीलाई उच्चस्तरीय प्रतिस्पर्धा प्रत्यक्ष हेर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ८ : ०५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह