एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने « Khabarhub

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने


४ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित गर्दै ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्ने भएको छ ।

प्रतियोगिता काठमाडौंस्थित दशरथ रंगशालाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भदौ ६ र ७ गते सञ्चालन हुनेछ। दुई दिनसम्म चल्ने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

‘रोड टु पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने अवसरसमेत प्राप्त गर्ने आयोजकको विश्वास छ ।

प्रतियोगितालाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रवद्र्धन गरेको हो । कम्पनीले यसअघि पनि नेपालका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ । पछिल्लो समय एक्सट्रिमले क्रिकेटलगायत विभिन्न खेलसँग आफ्नो ब्रान्डलाई जोड्दै आएको छ ।

‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ को ग्रान्ड फाइनलले नेपाली ई–स्पोर्ट्स प्रेमीलाई उच्चस्तरीय प्रतिस्पर्धा प्रत्यक्ष हेर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  ८ : ०५ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा