नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर « Khabarhub

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले आज बदर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र सुनिलकुमार पोखरेलको इजलासले निगमका सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमा आंशिक आदेश जारी गर्दै श्रेष्ठको नियुक्ति बदर गरेको हो ।

श्रेष्ठलाई मन्त्रिपरिषद्को बैठकले नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्ष तथा कार्यकारी अध्यक्षका रूपमा नियुक्त गरेको थियो । उनलाई महाप्रबन्धक ९एमडी० को समेत जिम्मेवारी सम्हाल्ने गरी दोहोरो जिम्मेवारी दिइएको थियो ।

श्रेष्ठको नियुक्ति कानुनविपरीत भएको तथा उमेर हदसमेत उल्लङ्घन भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । रिटमा एउटै व्यक्तिलाई सञ्चालक समिति अध्यक्षसँगै महाप्रबन्धकको जिम्मेवारीसमेत दिने सरकारको निर्णय कानुनअनुकूल नभएको दाबी गरिएको थियो ।

मन्त्रिपरिषद्ले श्रेष्ठलाई निगमको नेतृत्व दिने निर्णय गरेपछि उनको उमेरलाई लिएर पनि प्रश्न उठेको थियो । सर्वोच्चको आदेशसँगै श्रेष्ठ कार्यकारी अध्यक्षको जिम्मेवारीबाट पदमुक्त भएका छन् । अदालतको निर्णयपछि अब नेपाल वायुसेवा निगमको नेतृत्वसम्बन्धी नयाँ प्रक्रिया अघि बढ्ने भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ८ : ४७ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो