रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू) « Khabarhub

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको सडकखण्ड रातको समयमा झलमल्ल देखिन थालेको छ ।

१३ करोड रुपैयाँ लगानीमा जडान गरिएको अत्याधुनिक स्ट्रिट लाइट सञ्चालनमा आएपछि ७.९ किलोमिटर लामो सडकखण्ड रातमा उज्यालो बनेको हो ।

स्ट्रिट लाइट जडानका लागि ललितपुर महानगरपालिकाले १० करोड रुपैयाँ र नेपाल विद्युत् प्राधिकरणले ३ करोड रुपैयाँ लगानी गरेका छन् ।

लाइट सञ्चालनमा आएपछि रातको समयमा सडकमा आवतजावत गर्ने सवारी चालक तथा पैदलयात्रीलाई सहज भएको छ । सडक उज्यालो बनेसँगै रातको समयमा हुने आवतजावत थप सुरक्षित हुने अपेक्षा गरिएको छ ।

बालकुमारीदेखि बल्खुसम्मको सडकखण्डमा जडान गरिएका अत्याधुनिक लाइटका कारण रातमा सडकको दृश्यसमेत आकर्षक देखिएको छ । ड्रोनबाट खिचिएका तस्बिरमा पूरै सडकखण्ड उज्यालो र व्यवस्थित देखिन्छ ।

यसले पैदलयात्री तथा सवारी चालकलाई मात्रै सहज बनाएको छैन, रातको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यात्रुले समेत विमानबाट उज्यालो सडक र ललितपुरको आकर्षक दृश्य देख्न सक्ने भएका छन् ।

सडकमा पर्याप्त प्रकाशको व्यवस्था भएपछि रातको समयमा यात्रा गर्ने सर्वसाधारणले सुरक्षित महसुस गर्ने र सडकको सौन्दर्यसमेत बढ्ने अपेक्षा गरिएको छ ।

तस्बिर : सुर्याम्स उप्रेतीरनेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ९ : ५१ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो