सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा « Khabarhub

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले आफूले बोल्ने हरेक शब्द र गर्ने हरेक निर्णयप्रति गम्भीर हुनुपर्ने बताएका छन् ।

‘दोलखाका लोकनायकहरू’ पुस्तक लोकार्पण तथा नन्दप्रसाद–जानुका स्मृति सम्मान समर्पण समारोहमा आज सभापति थापाले संसद्को गरिमा र सांसदको जिम्मेवारीप्रति सम्बन्धित सबै सजग हुनुपर्ने उल्लेख गरे ।

सभापति थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताउँदै अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको उल्लेख गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षका लागि सरकार चलाउन जनताबाट ‘म्यान्डेट’ लिएर आएकाले पाँच वर्षसम्म काम गर्ने अवसर दिनुपर्ने बताए।

पाँच वर्षपछि कांग्रेसले सरकार चलाउने गरी आफूहरूले तयारी गरिरहेको बताउँदै सभापति थापाले भने, “विगतबाट पाठ सिकेर आफूलाई सच्च्याउँदै हामी अघि बढेका छौँ ।” उनले राजनीतिमा सधैँ सङ्ख्या मात्रै ठूलो नहुने उल्लेख गर्दै विगतमा कांग्रेस–एमालेले जनताको असन्तुष्टिलाई बेलैमा सम्बोधन गर्न नसक्दा र बहुमत तथा जनादेशलाई पर्याप्त ठानेको परिणाम भोग्नुपरेको स्मरण गराए ।

सभापति थापाले भने, “हामीले एकैपटक माथि मात्रै हेर्यौँ, हामीसँग पाएको शक्ति, प्रतिष्ठा मात्रै हेर्यौँ, त्यसले हामीलाई ठीक ठाउँमा पुर्याउन सक्दैन । हिजो हामीले सिकेको कुरा हो यो, हामी त्यो सिकाइबाट आफूलाई सच्च्याउन चाहन्छौँ, आफूलाई बदलेर लैजान चाहन्छौँ ।”

लोकतन्त्रमा नैतिक नेतृत्वको महत्वपूर्ण हुने बताउँदै सभापति थापाले वर्तमान सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने सुझाव दिए ।

दोलखाको इतिहास, समाज र राजनीतिमा महत्वपूर्ण योगदान पुर्याएका अग्रज व्यक्तित्वहरूको योगदानलाई सम्मान गर्दै सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटीको ११२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा कांग्रेसका नेताहरु तथा विचारकहरुले उहाँको योगदान, विचार र आदर्शलाई स्मरण गरेका थिए ।

वक्ताहरुले दोलखाका लोकनायकहरूको योगदानलाई पुस्तान्तरण गर्ने र समाज निर्माणमा उनीहरूले देखाउनुभएको मार्गलाई नयाँ पुस्तासम्म पु¥याउने प्रयास महत्वपूर्ण भएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  १० : १३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने