स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक « Khabarhub

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

यमालले दुई पास दिँदा सेभिल्ला ३–१ गोल अन्तरले पराजित


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक मद्दतमा शीर्ष स्थानको बार्सिलोनाले स्पेनिस ला लिगामा सेभियामाथि सहज जित दर्ता गरेको छ। रामोन सान्चेज-पिज्जुआन स्टेडियममा सम्पन्न खेलमा सेभियालाई पराजित गर्दै बार्सिलोनाले लिगको शीर्ष स्थानमा आफ्नो अग्रता अझ फराकिलो बनाएको हो।

यस सिजन उत्कृष्ट लयमा रहेका २९ वर्षीय राफिन्हाको यो जितसँगै सबै प्रतियोगिताहरूमा गरी गोल सङ्ख्या १४ पुगेको छ। यसअघि गत बुधबार रेसिङ सान्टान्डरविरुद्ध ७-२ को जित निकाल्दा पनि उनले ह्याट्रिक प्रहार गरेका थिए।

खेलमा सुरुआती अग्रता भने घरेलु टोली सेभियाले लिएको थियो। १९औँ मिनेटमा फेलिक्स कोरेयाको क्रसमा युसुफ फोफानाले हेडमार्फत गोल गर्दै सेभियालाई १-० को अग्रता दिलाएका थिए। तर, त्यसको तीन मिनेट बित्न नपाउँदै राफिन्हाले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा ल्याए।

दोस्रो हाफमा युवा स्टार लामिन यमाल र राफिन्हाको जोडी चम्कियो। ५२औँ मिनेटमा यमालको सुन्दर क्रसमा राफिन्हाले हेडमार्फत टोलीको दोस्रो गोल गरे। त्यसपछि ६९औँ मिनेटमा यमालकै थ्रु-पासमा राफिन्हाले सेभियाका गोलकिपर ओडिसास भ्लाचोडिमोसलाई बिट गर्दै उत्कृष्ट चिप गोलमार्फत आफ्नो ह्याट्रिक पूरा गरे।

यो जितसँगै बार्सिलोनाले लिगमा लगातार सातौँ र सबै प्रतियोगितामा गरी आठौँ जित दर्ता गरेको छ। तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ८ खेलबाट २१ अङ्क पुगेको छ। जुन एक खेल कम खेलेका दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको रियल बेटिसभन्दा ६ अङ्क बढी हो। पराजित सेभिया १३ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा यथावत् छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ६ : १९ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको