इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार « Khabarhub

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो हार बेहोर्दै ब्राइटनसँग ३-० ले स्तब्ध बनेको छ। घरेलु टोली ब्राइटनको मैदानमा अप्रत्यासित र कमजोर प्रदर्शन गरेपछि आर्सनलले जारी सिजनको पहिलो पराजय भोगेको हो।

गत सिजन २२ वर्षको लामो पर्खाइ अन्त्य गर्दै उपाधि जितेको आर्सनललाई यस सिजन पनि उपाधिको मुख्य दाबेदार मानिएको छ। जारी सिजनका सुरुआती सातामा सबै प्रतियोगितामा लगातार सात खेल जित्दै आर्सनलले आफ्नो बलियो उपस्थिति साबित गरेको थियो।

दक्षिण तटीय क्षेत्रको भ्रमणमा निस्किएको आर्सनलविरुद्ध संगठित र रणनीति अनुसार खेलेको ब्राइटनले उत्कृष्ट ३-० को जित निकाल्यो। यो जितसँगै ब्राइटन प्रिमियर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

गत सिजनभर लिगका कुनै पनि खेलमा एक गोलभन्दा बढीको अन्तरले नहारेको आर्सनलका लागि यो पराजय सन् १९८९ यता साबिक विजेताको रूपमा बेहोरेको सबैभन्दा ठूलो हार हो। आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटाले ब्राइटन जितको हकदार रहेको स्वीकार गर्दै यो हारले अन्तर्राष्ट्रिय ब्रेकअघि टोलीलाई “ठूलो पाठ” सिकाएको बताएका छन्। आर्सनलको यो फराकिलो हारले उपाधि होडमा रहेका अन्य प्रतिस्पर्धी टोलीहरूलाई नयाँ उत्साह दिएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ६ : ४५ बजे

एनपिएलको प्रभाव : पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू

एनपीएलमा पोखराले टस जित्यो, काठमाडौंले सुरुमा ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा काठमाडौं गोर्खाजविरुद्ध

पाथीभरा दर्शनार्थीको चाप बढ्दै, केबलकार निर्माण छिटो सक्न माग

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि पुग्ने

राज्यमा विवेकहीन र निरंकुश प्रवृत्ति हाबी भयो : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

काठमाडौँ– यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा आज